Monday, October 12, 2026
63.6 F
Washington DC.

चीनद्वारा नेपाललाई करिब ३ अर्ब रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भूकम्प पिडितहरुका लागि चीन सरकारले नेपाललाई करिब ३ अर्ब रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको छ। नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बुधबार नेपाललाई उक्त राहत सामग्री हस्तान्तरण गरेका छन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत चेनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।

हालसालै जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पका कारण ठूलो धनजनको क्षती भएको छ। उक्त क्षेत्रका भूकम्प पीडितका लागि चिनियाँ सरकारले पठाएको राहत सामग्री चिनियाँ राजदूत चेन सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

भूकम्प पीडितका लागि चिनियाँ सरकारको पठाएको राहत सामाग्री सहयोगका लागि उपप्रधानमन्त्री पोखरेलले चीन सरकारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img