Monday, October 12, 2026
59.8 F
Washington DC.

प्रचन्डको नयां सत्ता गठवन्धन- तीन मन्त्री विनाविभागीय

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाली कांग्रेस सहितले काँध थामेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता गठबन्धनमा खटपट भएपछि पुनः नयाँ गठबन्धन निर्माण भएको छ । प्रतिनिधिसभामा दोस्रो ठूलो दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई साथ दिने भएपछि एमाले लगायत रास्वपा सहितको पुरानै गठबन्धनको निर्माण गरिएको हो ।

सत्ता गठबन्धनमा फेरबदल भएसँगै संसदमा प्रमुख दल रहेको काँग्रेस प्रतिपक्षी दलमा पुगेको छ ।

नयाँ सत्ता गठबन्धनको निर्माणसँगै चार सदस्यीय मन्त्रीमण्डल बनेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ ।

कार्यविभाजनः
१। श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री अर्थ; उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिंचाइ; कानून, न्याय तथा संसदीय मामिला; कृषि तथा पशुपन्छी विकास; खानेपानी; गृह; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; भौतिक पूर्वाधार तथा यातायात; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्घीय मामिला तथा सामान्य प्रशासन; सञ्चार तथा सूचना प्रविधि; सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या ।
२। श्री हितबहादुर तामाङ मन्त्री कार्यभार पछि तोकिने
३। श्री पदम गिरी मन्त्री कार्यभार पछि तोकिने
४। श्री डोलप्रसाद अर्याल मन्त्री कार्यभार पछि तोकिने

साथै, आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img