प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक, बजारबाट फिर्ता गर्न आदेश

उत्पादन र उपभोग मिति जुनसुकै भए पनि सबै ब्याच फिर्ता गर्नुपर्ने; आयात अनुमति अर्को आदेशसम्म स्थगित

सम्बन्धित समाचार

नेपालमा प्रियागोल्ड बिस्कुटको आयात र बिक्री रोकिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार सबै ब्याचका बिस्कुट बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको हो।

भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले बनाउने यी बिस्कुटको उत्पादन वा उपभोग मिति जुनसुकै भए पनि आदेश लागू हुन्छ। अर्को आदेश नआएसम्म पैठारी स्वीकृति र नाकाबाट प्रवेश अनुमति पनि स्थगित गरिएको छ।

विभागले भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणको अक्टोबर १७ को सूचनालाई निर्णयको आधार बनाएको छ। त्यसमा कारखानाले मानव उपभोगका लागि नभएको चोकर बिस्कुटमा रेसाको स्रोतका रूपमा प्रयोग गरेको उल्लेख रहेको विभागले जनाएको छ। चोकर राखिएका बोरामा गाईवस्तुको दानाका लागि भएको लेखिएको नेपाली सूचनामा उल्लेख छ।

निरीक्षणमा सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण र कर्मचारीको व्यक्तिगत स्वच्छतामा कमजोरी भेटिएपछि भारतमा कम्पनीको इजाजतपत्र निलम्बन गरिएको विभागको भनाइ छ। भारतीय निकायको उक्त विवरणका आधारमा विभागको उच्च व्यवस्थापन समूह र उत्पादन फिर्तासम्बन्धी प्राविधिक समितिको आकस्मिक बैठकले नेपालमा पनि रोक लगाउन सिफारिस गरेको थियो।

पैठारीकर्ता र खाद्य व्यवसायीले बिक्री रोकेर बजारका बिस्कुट फिर्ता ल्याउनुपर्नेछ। फिर्ता भएका उत्पादन छुट्टै सञ्चय गरी स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि र विभागका प्राविधिक कर्मचारीको रोहबरमा नष्ट गर्न आदेशमा भनिएको छ। त्यसको जानकारी विभागलाई दिनुपर्नेछ।

निर्देशन नमाने खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही हुने विभागले जनाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

रोल्पामा अटो सडकबाट ६०० मिटर तल खस्दा दुई महिलाको मृत्यु

रोल्पाको माडी–१ चालाङमा आइतबार बिहान अटो सडकबाट करिब ६०० मिटर तल खस्दा दुई महिलाको मृत्यु भएको छ। दुर्घटनामा परेका दुवै महिलाको पहिचान खुलेको छ र चालक प्रहरी नियन्त्रणमा छन्।

अन्य समाचार

- Advertisement -spot_img