आन्द्रे रसेल नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सबाट खेल्ने

दुई पटकका टी–२० विश्वकप विजेता रसेलले ६११ टी–२० खेलमा ९,९३३ रन बनाएका छन्।

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ — वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्।

फ्रेन्चाइजले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको घोषणा गरेको काठमाडौं पोस्टले जनाएको छ। अझै नाम कमाउँदै गरेको फ्रेन्चाइज प्रतियोगिताका लागि रसेल ठुलो अनुबन्ध हुन्।

टी–२० क्रिकेटमा धेरै खेल खेलेका खेलाडीमध्ये रसेल अगाडि छन्। उनले ६११ टी–२० खेल खेलेका छन्। यो सूचीमा उनीभन्दा अगाडि वेस्ट इन्डिजकै सुनिल नारायन र किरन पोलार्ड मात्र छन्।

ती ६११ खेलमा रसेलले दुई शतक र ३६ अर्धशतकसहित ९,९३३ रन बनाएका छन्। उनका ५३९ विकेट यस प्रारूपमा पाँचौँ स्थानमा छन्।

वेस्ट इन्डिजका लागि उनले ८६ टी–२० अन्तर्राष्ट्रिय खेलमा तीन अर्धशतकसहित १,१२२ रन बनाउँदै ६१ विकेट लिएका छन्। उनले ५६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १,०३४ रन बनाएका छन्।

रसेलले वेस्ट इन्डिजबाट २०१२ र २०१६ मा टी–२० विश्वकप, कोलकाता नाइट राइडर्सबाट २०१४ र २०२४ मा इन्डियन प्रिमियर लिग, दुई पटक क्यारेबियन प्रिमियर लिग र एक पटक बंगलादेश प्रिमियर लिग जितेका काठमाडौं पोस्टले जनाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट पक्राउ, संगठित अपराधमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ

लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट सानेपाबाट पक्राउ परेका छन्। संगठित अपराधमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीले बताएका छन्। पक्राउको कानुनी आधारबारे सञ्चारमाध्यममा फरक विवरण छन्।

अन्य समाचार

- Advertisement -spot_img