उदयपुरको कटारीमा ब्रेक फेल भएर जिप खस्दा १५ जना घाइते

सिद्धिचरण राजमार्गको मरुवामा ब्रेक फेल भएको जिप सडकबाट करिब १० मिटर तल खस्यो

सम्बन्धित समाचार

उदयपुर — कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार (कात्तिक ९) बोलेरो जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। प्रहरीलाई उद्धृत गर्दै टिभी अन्नपूर्णले प्र.३–०१–०२३ च ६५०६ नम्बरको जिपको ब्रेक फेल भएपछि त्यो सडकबाट करिब १० मिटर तल खसेको जनाएको छ।

घाइतेको उपचार कटारी अस्पतालमा भइरहेको छ। कटारी–२ का ७१ वर्षीय रामबहादुर मगरलाई भने थप उपचारका लागि विराटनगर पठाइएको छ।

जिपका चालक कटारी–११ का २९ वर्षीय निर्पबहादुर खड्का सामान्य घाइते भएका छन्। उपचारपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

नागरिकका अनुसार अन्य वयस्क घाइतेमा ६० वर्षीय गोमा श्रेष्ठ, ३९ वर्षीय अम्बिका दाहाल, ३७ वर्षीय मेनुका मगर (भुजेल), ३५ वर्षीय लिसना मगर, ३५ वर्षीय कबिता रेग्मी, २६ वर्षीय दिलकुमारी हायु र २१ वर्षीय निर्मला राउत छन्।

घाइतेमध्ये ६ जना बालबालिका तथा किशोरकिशोरी छन्। तीमध्ये सबैभन्दा सानो २२ महिनाको शिशु हो।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान, कात्तिक १९ सम्म दिन सकिने

संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाविरुद्ध सोमबार सार्वजनिक सूचना जारी गर्दै उजुरी आह्वान गरेको छ। कात्तिक १९ गतेसम्म उजुरी दिन सकिनेछ।

अन्य समाचार

- Advertisement -spot_img