इलामको देउमाईमा बोलेरो दुर्घटना, २१ वर्षीय चालकको मृत्यु

यात्रु लिन गाउँतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर सडक नालीमा दुर्घटनाग्रस्त

सम्बन्धित समाचार

इलाम — देउमाई नगरपालिका–१ चमैतामा सोमबार (कात्तिक ९) बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। गोरखापत्र अनलाइनका अनुसार मृत्यु हुने चालक देउमाई–१ का २१ वर्षीय विपिन दियाली हुन्।

यात्रु लिन गाउँतर्फ जाँदै गरेको मे १ ज ३०४० नम्बरको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीका अनुसार जिप सडकमै अनियन्त्रित भएपछि सडकको नालीमा गएर दुर्घटनाग्रस्त भएको हो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान, कात्तिक १९ सम्म दिन सकिने

संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाविरुद्ध सोमबार सार्वजनिक सूचना जारी गर्दै उजुरी आह्वान गरेको छ। कात्तिक १९ गतेसम्म उजुरी दिन सकिनेछ।

अन्य समाचार

- Advertisement -spot_img