नेपालको सार्वजनिक ऋण पहिलो पटक ३० खर्ब रुपैयाँ नाघ्यो

पहिलो त्रैमासमा मात्र १ खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ ऋण थपिएको कार्यालयको तथ्याङ्क

[vt_bs_date]
प्रकाशन मितिः १३ कार्तिक २०८३

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ — नेपालको सार्वजनिक ऋण पहिलो पटक ३० खर्ब रुपैयाँ नाघेको छ । गोरखापत्रका अनुसार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कमा चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यमा सरकारको कुल ऋण दायित्व ३० खर्ब नौ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

कुल ऋणमध्ये बाह्य ऋण १५ खर्ब ९८ अर्ब ८० करोड रुपैयाँ (कुलको ५३.१३ प्रतिशत) र आन्तरिक ऋण १४ खर्ब १० अर्ब ३१ करोड रुपैयाँ रहेको तथ्याङ्क छ ।

पहिलो त्रैमासमा मात्र १ खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ ऋण थपिएको छ, जसमा आन्तरिकतर्फ १ खर्ब र बाह्यतर्फ २३ अर्ब ३२ करोड रुपैयाँ परिचालन भएको छ । कुल ऋण कुल गार्हस्थ्य उत्पादनको ४५.५९ प्रतिशत पुगेको छ ।

पहिलो त्रैमासमा सरकारले ऋण सेवाबापत ९८ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी गरेको छ । आन्तरिक ऋणतर्फ ८२ अर्ब ७४ करोड रुपैयाँ (साँवा ६५ अर्ब १० करोड, ब्याज १७ अर्ब ६३ करोड) र बाह्य ऋणतर्फ १६ अर्ब १३ करोड रुपैयाँ (साँवा १२ अर्ब ६४ करोड, ब्याज ३ अर्ब ४९ करोड) भुक्तानी भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

अति कम विकसित देशबाट स्तरोन्नतिको तयारी अवधि सन् २०२९ सम्म बढ्यो

संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाल र बङ्गलादेशलाई अति कम विकसित देशको सूचीबाट स्तरोन्नति हुन दिइएको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म बढाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

अन्य समाचार

देशभर भारी वर्षा र हिमपात, उडान तथा सडक यातायात प्रभावित

बिहीबार रातिदेखि देशभर वर्षा र उच्च क्षेत्रमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागले पाँच प्रदेशमा भारी वर्षाको सम्भावना जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ भने उडान र सडक यातायात प्रभावित भएको छ ।

अमेरिकी अर्थतन्त्र तेस्रो त्रैमासमा ३.४ प्रतिशतले बढ्यो, लगानीमा वृद्धि

अमेरिकी अर्थतन्त्र तेस्रो त्रैमासमा वार्षिक दरमा ३.४ प्रतिशतले विस्तार भएको बीईएको अग्रिम अनुमान छ। लगानी, उपभोक्ता खर्च र सरकारी खर्च बढेका छन्, निर्यात भने घटेको छ।
- Advertisement -spot_img