नेपालको सार्वजनिक ऋण पहिलो पटक ३० खर्ब रुपैयाँ नाघ्यो

पहिलो त्रैमासमा मात्र १ खर्ब १० अर्ब ४० करोड रुपैयाँ ऋण थपिएको कार्यालयको तथ्याङ्क

[vt_bs_date]
प्रकाशन मितिः १३ कार्तिक २०८३

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ — नेपालको सार्वजनिक ऋण पहिलो पटक ३० खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यमा सरकारको कुल ऋण ३० खर्ब ६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

कुल ऋणमध्ये बाह्य ऋण १६ खर्ब २९ अर्ब रुपैयाँ र आन्तरिक ऋण १३ खर्ब ७६ अर्ब रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

आर्थिक वर्षको सुरुमा २८ खर्ब ९६ अर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण पहिलो त्रैमासमा १ खर्ब १० अर्ब ४० करोड रुपैयाँले बढेको हो । कुल ऋण कुल गार्हस्थ्य उत्पादनको ४८.२८ प्रतिशत पुगेको कार्यालयको तथ्याङ्क छ ।

पहिलो त्रैमासमा सरकारले ऋण सेवा बापत १ खर्ब ९३ करोड रुपैयाँ खर्च गरेको छ, जसमध्ये ६४ अर्ब २५ करोड रुपैयाँ साँवा र ३६ अर्ब ६८ करोड रुपैयाँ ब्याज भुक्तानीमा गएको छ ।

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा पहिलो त्रैमासमा ९८ अर्ब ५५ करोड रुपैयाँ उठाएको कार्यालयले जनाएको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

अति कम विकसित देशबाट स्तरोन्नतिको तयारी अवधि सन् २०२९ सम्म बढ्यो

संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाल र बङ्गलादेशलाई अति कम विकसित देशको सूचीबाट स्तरोन्नति हुन दिइएको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म बढाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

अन्य समाचार

देशभर भारी वर्षा र हिमपात, उडान तथा सडक यातायात प्रभावित

बिहीबार रातिदेखि देशभर वर्षा र उच्च क्षेत्रमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागले पाँच प्रदेशमा भारी वर्षाको सम्भावना जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ भने उडान र सडक यातायात प्रभावित भएको छ ।

अमेरिकी अर्थतन्त्र तेस्रो त्रैमासमा ३.४ प्रतिशतले बढ्यो, लगानीमा वृद्धि

अमेरिकी अर्थतन्त्र तेस्रो त्रैमासमा वार्षिक दरमा ३.४ प्रतिशतले विस्तार भएको बीईएको अग्रिम अनुमान छ। लगानी, उपभोक्ता खर्च र सरकारी खर्च बढेका छन्, निर्यात भने घटेको छ।
- Advertisement -spot_img