अस्पतालमा बिरामीको प्रतीक्षा समय घटाउने र शय्या उपलब्धता सुधार्ने विषयसहित छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता भएको छ। स्वास्थ्यखबरका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिहीबार आर्थिक वर्ष २०८३/८४ का लागि सम्झौता गरेकी हुन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसहित पाटन, कर्णाली, बीपी कोइराला, राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्झौतामा समेटिएका छन्। सरसफाइ र सेवाको गुणस्तर सुधार पनि प्राथमिकतामा छन्। बिरामीलाई सम्मानपूर्वक व्यवहार गर्ने र जिम्मेवारीसाथ सेवा दिने विषयमा जोड दिइएको समाचारमा उल्लेख छ।
उन्नाइस सङ्घीय अस्पतालका प्रमुखसँग मन्त्रालयका सचिव डा. विकास देवकोटाले पनि सोही आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेका छन्। सम्झौताका विषयमा सुशासन र जवाफदेहिता पनि समेटिएका छन्।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



