‘चिया सिडस’ : स्वास्थका लागि फायदै फायदा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

के हो चिया सिडस ?
चिया सिडस वा चाय सिडस एक प्रकारको सानो बीउ हो जुन तील वा तुलसीको बीउ जस्तै देखिन्छ। धेरैले चाय सिडलाई तील वा तुलसीको बीउ ठान्छन् तर त्यस्तो होइन, दुवै फरक प्रकारका बीउ हुन्। चिया सिड मूलतः मेक्सिको र उत्तरी अमेरिकाका देशहरूमा खेती गरिन्छ। यो एसियन बाली होइन तर यसको बढ्दो मागका कारण अहिले छिमेकी भारतमा पनि धेरै ठाउँमा यसको खेती भइरहेको छ ।

चियाको दाना जस्तै कालो, खैरो र सेतो रंगमा पाईने चिया सिड निकै नरम र चिप्लो हुने भएकाले ओट्स, ओटमिल, जुस, स्मूदी र मीठो परिकारमा मिसाएर खान सकिन्छ। चाय सिडमा प्रचुर मात्रामा प्रोटिन, फाइबर, आइरन, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ, जसका कारण तिनीहरूलाई सुपरफुड पनि भनिन्छ।

चिया सिडका फाइदाहरू:
दैनिक स्वास्थ्यकर जीवन र तन्दुरुस्तीका लागी चाय सिडको प्रयोग लोकप्रिय बन्दै गएको छ । तिलको साइजका कालो र सेतो रंगका चाय सीडका दाना स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन् । यसमा प्रोटिन, फाइबर, क्याल्सियम र ओमेगा ३ फ्याटी एसिड जस्ता धेरै पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ। यदि यिनीहरूलाई आहारमा सही रूपमा समावेश गरियो भने, यी साना देखिने बीउहरू मोटोपना, कोलेस्ट्रोल, मधुमेह र कब्जियत जस्ता ठूला रोगहरू हटाउन धेरै सहयोगी साबित हुन सक्छन्।

स्वास्थ्य बाहेक, चाय सिडले प्रयोगले छाला र कपालका लागि पनि धेरै उपयोगी हुने विज्ञहरुको भनाई रहेको छ । तर अझै पनि नेपालमा चाय सिडका बारेमा धेरैलाई जानकारी नभएर कहाँ पाइन्छ, कसरी र कति मात्रामा सेवन गर्नुपर्छ, तिनीहरूको प्रभाव के हुन्छ र चाय सीडका साइड इफेक्टहरू के हुन् भन्ने जस्ता धेरै प्रश्नहरू मानिसहरूको मनमा छन्।

चिया सिडमा पाईने पोषक तत्वहरु
अमेरिकाको कृषि विभाग (युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ एग्रीकल्चर – युयसडिए )का अनुसार, चाय सिडमा निम्न अनुसारको पोषक तत्वहरु पाइन्छ ।

  • पोषक तत्वको मात्रा (१०० ग्राम)
  • ऊर्जा ४८६ क्यालोरी
  • प्रोटिन १६. ५ ग्राम
  • कार्बोहाइड्रेट ४२. १ ग्राम
  • कुल लिपिड (फ्याट) ३०. ७ ग्राम
  • फाइबर ३४. ४ ग्राम
  • फलाम/आइरन ७.७२ मिलीग्राम
  • क्याल्सियम ६३१ मिलिग्राम
  • म्याग्नेसियम ३३५ मिलिग्राम
  • फस्फोरस ८६० मिलीग्राम
  • पोटासियम ४०७ मिलीग्राम
  • जिंक ४. ५८ मिलीग्राम
  • कपर ०.९२४ मिलीग्राम
  • म्यांगनीज २ .७२ मिलीग्राम
  • सोडियम १६ मिलिग्राम
  • थायामिन ०.६२ मिलीग्राम
  • भिटामिन सी १.६ मिलीटाग्राम
  • भिटामिन ए ५४ आईयू
  • भिटामिन ई ०.५ मिलीग्राम
  • फ्याटी एसिड, स्याचुरेटेड ३.३३ ग्राम
  • फ्याटी एसिड, मोनो अनस्याचुरेटेड २.३१ ग्राम
  • फ्याटी एसिड, पोली स्याचुरेटेड २३.७ ग्राम

चिया सीड्सलाई सुपरफुडमा गनिन्छ। यसमा प्रचुर मात्रामा प्रोटिन, भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न मात्रै नभई धेरै गम्भीर रोगको जोखिमलाई पनि कम गर्छ। आउनुहोस् चिया सिडस खाँदै जानौं यसका फाइदाहरू ।

१ . मोटोपना कम गर्न सहयोगी
मोटोपना कम गर्ने उद्देश्यका लागि चिया सीड्स संसारमै सबैभन्दा बढी प्रयोग गरिन्छ। शारीरिक तन्दुरुस्तीकालागि यो सबै भन्दा राम्रो तौल घटाने खाद्य पदार्थहरु मध्ये एक मानिन्छ। यसमा फाइबर, प्रोटिन, एन्टिअक्सिडेन्ट र ओमेगा–३ फ्याटी एसिडजस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ जसले तौल छिटो घटाउन मद्दत गर्छ। यदि तपाइँ मोटोपना कम गर्ने सोचमा हुनुहुन्छ भने, तपाइँको आहारमा चियासिडस अवश्य समावेश गर्नुहोस्।

यसले भोक नियन्त्रण गर्न र लामो समयसम्म पेट भरी राख्न मद्दत गर्छ, जसले तौल घटाउनमा धेरै मद्दत गर्छ। यद्यपि सन्तुलित आहार र व्यायाम तौल घटाउनको लागि पनि आवश्यक छ, तपाईले चिया सीडका फाइदाहरू तब मात्र पाउन सक्नुहुन्छ जब तपाईको समग्र आहार राम्रो हुन्छ।

यसरी खानु होस्
एक चम्चा चिया सिडसलाई एक गिलास पानीमा रातभर भिजाउनुहोस् र भोलिपल्ट बिहान पानीसँग खानुहोस्, रातभर भिजाएर भोलिपल्ट चिप्लो जेलीमा परिणत हुन्छ। यसबाहेक, चिया सिडसलाई ओट्स, दलिया, फलफूलको रस, दही वा स्मूदीमा पनि थप्न सक्नुहुन्छ।

२. मधुमेह नियन्त्रणमा सहयोगी
चिया सिडसले मधुमेह जस्ता खतरनाक रोगहरूको रोकथाममा पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यसमा पाइने फाइबर, एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले रगतमा चिनीको मात्रालाई धेरै हदसम्म नियन्त्रण गर्न मद्दत गर्छ। धेरै अनुसन्धानहरू भइरहेकाले चिया सिडसको प्रयोगले मधुमेह कति कम गर्न सक्षम हुन्छ भन्न गाह्रो छ। तर, विज्ञहरुका अनुसार यो निश्चित रूपमा भन्न सकिन्छ कि यसको प्रयोगले मधुमेह नियन्त्रणमा अवस्य मद्दत गर्दछ।

३ . कोलेस्ट्रोल नियन्त्रणमा सहयोगी
चिया सीडसको प्रयोगले खराब कोलेस्ट्रोल घटाउन पनि सहयोगी हुने विज्ञहरुको भनाई छ । यसमा पाइने ओमेगा–३ फ्याटी एसिड र फाइबरले शरीरमा बढेको कोलेस्ट्रोल घटाउन महत्वपूर्ण भूमिका खेल्छ । धेरै अनुसन्धानले यो पनि देखाउँछ कि चिया सीडस कोलेस्ट्रोल नियन्त्रण गर्न र मुटुलाई स्वस्थ राख्न धेरै सहयोगी हुन्छ। यसका साथसाथै यसले मोटोपना घटाउन पनि मद्दत गर्छ, जसको फलस्वरूप कोलेस्ट्रोल समेत नियन्त्रणमा आउछ।

४. हड्डी र मांसपेशीका लागि सहयोगी
हड्डी र मांसपेशी लाई तन्दुरुस्त र स्वस्थ राख्न आफ्नो खाने कुरामा विभिन्न प्रकारका सिडहरू समावेश गर्नुपर्छ। यसका लागि चिया सीड एक हो। चिया सीडमा क्याल्सियम र प्रोटीन भरपूर हुने भएकाले हड्डी र मांसपेशिहरु बलियो बनाउन सबैभन्दा उपयोगी मानिन्छ। बच्चा होस् वा वृद्ध, सबैलाई चिया सीडले फायदा गर्दछ ।

५ . क्यान्सरको जोखिम कम गर्न सहयोगी
क्यान्सर जस्ता गम्भीर रोगहरूको जोखिम कम गर्न पनि चिया सिड धेरै सहयोगी हुने विज्ञ हरुको राय छ । यसबारे विभिन्न अनुसन्धानहरू पनि भएका छन्, जसमा चियाको बीजलाई प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न सहयोगी मानिएको छ। एक अनुसन्धानमा समेत यिनीहरुलाई स्तन क्यान्सरको जोखिम कम गर्न सहयोगी मानिएको छ ।

चिया सिडको प्रयोगले विभिन्न प्रकारका क्यान्सरको जोखिम कम गर्न उपयोगी देखाइएको छ, तर यसबाट क्यान्सरको उपचार हुन सक्दैन। क्यान्सर उपचारको लागि सधैं डाक्टरसँग परामर्श लिन आवस्यक हुन्छ ।

६. पेट सम्बन्धी समस्यामा लाभकारी
चियाको दानामा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पेट र पाचन सम्बन्धी समस्यामा निकै फाइदाजनक हुन्छ । १० ग्राम चिया सिडमा लगभग ३ -४ ग्राम आहार फाइबर हुन्छ। यसले आन्द्राको गतिलाई सहज बनाउन र पाचन शक्तिलाई बलियो बनाउन मद्दत गर्छ। पेटको कब्जियतसँग संघर्ष गरिरहेका मानिसहरूका लागि चिया सिडस धेरै लाभदायक साबित हुन सक्छ।

७ मुटु रोगबाट बचाउन सहयोगी
चिया सिडसले मुटु सम्बन्धि स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । यसले मुटुसँग सम्बन्धित रोगहरूको जोखिम कम गर्न मद्दत गर्छ। वास्तवमा, चिया सिडमा ओमेगा ३ फ्याटी एसिड प्रचुर मात्रामा हुन्छ जसले खराब कोलेस्ट्रोल र सूजन (inflammation ) कम गर्न मद्दत गर्दछ, यसरी मुटुलाई स्वस्थ राख्छ। आजकल, हृदय रोगको बढ्दो जोखिमलाई ध्यानमा राख्दै, चिया सिडसलाई सन्तुलित मात्रामा आफ्नो आहारमा समावेश गर्नुपर्छ।

८ . छालाको लागि उपयोगी
चिया सिडसको प्रयोगले छालालाई स्वस्थ राख्न मद्वत गर्दछ । यसमा पाइने प्रोटिन, ओमेगा ३ फ्याटी एसिड र भिटामिन तथा मिनरल्स छालाका लागि निकै फाइदाजनक हुन्छन । यसले छालालाई हाइड्रेटेड राख्न र छालाको चमक बढाउन मद्दत गर्छ। थप रूपमा, चिया सिडमा पाइने एन्टिअक्सिडेन्ट गुणहरूले छालालाई समयपूर्व बुढ्यौलीबाट बचाउन मद्दत गर्दछ।

९ . कपालकोलागि उपयोगी
छालाको अलावा, चिया सिडस कपालको स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ। यसमा पाइने एमिनो एसिडले कपाललाई बलियो बनाउन र कपालको वृद्धि बढाउन मद्दत गर्छ । पातलो र कमजोर कपालबाट पीडित व्यक्तिहरूको लागि चिया सिडस धेरै लाभदायक हुन सक्छ। यसमा पाइने प्रोटिन, जिंक, ओमेगा ३ फ्याटी एसिड र अन्य भिटामिन र मिनरल्सले कपाल झर्ने समस्यालाई रोक्न पनि मद्दत गर्छ ।

१० . शरीर डिटक्स गर्न उपयोगी
चिया सिड्सको सहायताले शरीरमा रहेको विषाक्त पदार्थलाई पनि सफा गर्न सकिन्छ । यसका लागि एक गिलास पानीमा एक चम्चा चिया सीड्स रातभर भिजाएर भोलिपल्ट बिहान खाली पेटमा सेवन गर्नु पर्छ। त्यसमा केही थोपा कागती मिसाउन सकिन्छ । यसको सेवन पछि, कम्तिमा ३० – ४० मिनेटको लागि केहि पनि खानु हुदैन । यो बिधि हप्तामा दुई पटक गर्न बिज्ञहरुले राय दिएका छन ।

११ . शरीरमा ऊर्जा र उत्साह बढाउन सहयोगी
चिया सिडमा प्रोटिन, ओमेगा ३ फ्याटी एसिड र विभिन्न प्रकारका खनिजहरू हुन्छन् जसले शरीरलाई ऊर्जा प्रदान गर्छ। बिहानको खाजा /ब्रेकफास्टमा चिया सिडको सेवन गर्नाले दिनभरि शरीरमा ऊर्जा कायम रहन्छ । चिया सिडमा प्रशस्त मात्रामा पौष्टिकता हुन्छ, जसका कारण यसको सेवनले धेरै प्रकारका साना–ठूला समस्याहरुलाई हटाउन मद्दत गर्छ ।

चिया सीडका केही अन्य फाइदाहरू यस प्रकार छन्:

  • चियाको दानामा ट्रिप्टोफ्यान नामक तत्व पाइन्छ, जसले मुड सुधार्नुका साथै तनाव र अनिद्रा कम गर्न पनि मद्दत गर्छ।
  • चिया सिडस एन्टीअक्सिडेन्टको राम्रो स्रोत हो, जसले सूजन कम गर्न, क्यान्सर र मधुमेहको जोखिम कम गर्न, मस्तिष्कलाई स्वस्थ राख्न र बुढ्यौलीको समस्यालाई कम गर्न धेरै सहयोगी हुन्छ।
  • चिया सिड्सलाई खानामा मिलाएर खाएमा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि राम्रो हुन्छ, जसले गर्दा शरीरलाई रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ ।
  • चिया सिड्समा भरपूर प्रोटिन हुन्छ जसले मांसपेशी निर्माण गर्न मद्दत गर्दछ, जुन व्यायाम गर्ने व्यक्तिहरूको लागि धेरै उपयोगी हुन सक्छ।
  • चिया सीडको सेवनबाट आँखाका लागि पनि राम्रो हुन्छन्। यसमा पाइने ओमेगा फ्याटी एसिड, एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले आँखालाई स्वस्थ राख्न मद्दत गर्छ।
समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img