एनपीएल उद्घाटन खेलमा लुम्बिनी लायन्सको सानदार जित, सुदूरपश्चिम ८७ रनमै अलआउट

८७ रनमै अलआउट सुदूरपश्चिम, लक्ष्य ९.५ ओभरमै पूरा

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कीर्तिपुर — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको छ। कोलिग्राम पोस्टका अनुसार लुम्बिनीले ८८ रनको सामान्य लक्ष्य ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १७.२ ओभरमा ८७ रनमै अलआउट भयो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। लुम्बिनीका किशोर महतोले चार विकेट र शेर मल्लले तीन विकेट लिए।

लक्ष्य पछ्याएको लुम्बिनीका लागि डार्सी सर्टले १८ बलमा ४० रन र आसिफ शेखले ३२ रन बनाए। सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट र कप्तान ऐरीले एक विकेट लिए।

गत संस्करणको फाइनलमा पनि सुदूरपश्चिम लुम्बिनीसँग पराजित भएको थियो। प्रतियोगितामा मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा दिउँसो १२ बजे विराटनगर किङ्स र चितवन राइनोज तथा दोस्रो खेलमा साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा नरोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा नम्बर नभएकै कारण बैंकिङ सेवा रोक्न नमिल्ने ठहर गरेको छ। नागरिकता तथा अन्य मान्य कागजातबाट सेवा दिन र वैयक्तिक तथा जैविक विवरणको सुरक्षाका लागि छुट्टै डेटा संरक्षण ऐन बनाउने प्रक्रिया अघि बढाउन आदेश दिएको छ।

अन्य समाचार

अमा दब्लममा जर्मन आरोहीको मृत्यु, शव ४,५०० मिटरमा फेला

अमा दब्लमको तेस्रो शिविरबाट बेपत्ता भएका ५७ वर्षीय जर्मन आरोही वोल्फगाङ वास्चिजेकको शव सोमबार दिउँसो करिब ४,५०० मिटर उचाइमा फेला परेको छ। यो यस सिजन अमा दब्लममा भएको पहिलो आरोही मृत्यु भएको बेस क्याम्पका अधिकारीले बताएका छन्।

उदयपुरको कटारीमा ब्रेक फेल भएर जिप खस्दा १५ जना घाइते

उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार बोलेरो जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। ब्रेक फेल भएर जिप सडकबाट करिब १० मिटर तल खसेको थियो।
- Advertisement -spot_img