एनपीएलमा चितवन राइनोजको आठ रनको जित, मलानले बनाए ७० रन

मलानको अर्धशतक र ऐरीको चार विकेटमा विराटनगर अलआउट

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कीर्तिपुर — नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई आठ रनले पराजित गरेको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले पहिले ब्याटिङ गर्दै २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। डेविड मलानले ५० बलमा पाँच चौका र पाँच छक्कासहित ७० रन बनाए। रवि बोपारा ३१ रनमा र डान मुस्ली २९ रनमा अविजित रहे।

१५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै अलआउट भयो। इमरान शेखले ३९ रन, आन्द्रे रसेलले १७ बलमा ३३ रन र लोकेश बमले २६ रन बनाए पनि जितका लागि पर्याप्त भएन।

चितवनका कमलसिंह ऐरीले चार ओभरमा २६ रन दिएर चार विकेट लिए। उनी खेलका उत्कृष्ट खेलाडी घोषित भए। रिजन ढकालले दुई विकेट लिए।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

दशैँ अवधिमा सडक दुर्घटनामा १२४ जनाको मृत्यु, २,९८८ जना घाइते

यस वर्षको दशैँ अवधिमा देशभर १,३३९ वटा सडक दुर्घटना हुँदा १२४ जनाको मृत्यु भएको छ भने २,९८८ जना घाइते भएका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अन्य समाचार

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कथित ठगी, चार पक्राउ

मलेसिया जाने श्रमिकबाट तोकिएकोभन्दा बढी स्वास्थ्य परीक्षण शुल्क लिएको उजुरीपछि सीआईबीले चार जनालाई पक्राउ गरेको छ।

हिमपात जोखिमपछि उच्च क्षेत्रमा तीन दिन पदयात्रा अनुमति स्थगित

भारी हिमपात, हिमआँधी र हिमपहिरोको पूर्वानुमानपछि उच्च जोखिमका क्षेत्रमा तीन दिन पदयात्रा अनुमति स्थगित गरिएको छ।
- Advertisement -spot_img