देश दोहन गर्नेहरुका लागि रवि लामिछाने बम हो, बारुद हो

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया
सरगम भट्टराई

बर्षौदेखि लुटेर, ठगेर, गरेर, नगरेर, भनेर, नभनेर, देखेर, नदेखेर,बन्द गरेर,खुला गरेर, जलाएर, मारेर, काटेर, ढाँटेर, चाटेर, भ्रष्ट्राचारको आलमा चुर्लुम्म डुबेर एक छत्र राज गरिरहेकाहरुका लागि रवि लामिछाने बम हो, बारुद हो। उनी राजनीतिमा आएपछि भने पक्कै पनि दलालहरुको खेतीमा असिना पर्छ। उनीहरुको सपना टुक्रिन्छ।

त्यसो त रवि लामिछानेलाई अर्को रवीन्द्र मिश्र बन्ने भयो भनेर चिन्ता गर्नेहरु छन्, तर सत्य कुरो यो हो कि उनीहरुले चिन्ता गरेका होईनन्, बरु डराएका हुन्। बर्षौँदेखि खाई पाई आएको खेलोखेती झ्वाँम हुँदा को डराउँदैन? उनीहरुलाई देश डुबेकोमा कुनै चिन्ता छैन तर रवीन्द्र मिश्र असफल भएकोमा मनग्गे ख़ुशी छ। अब रवि लामिछाने पनि रवीन्द्र मिश्र नै बनोस् भनेर उनीहरु मोर्चावन्दी गर्ने छन्, उनका कमजोरी खोतल्ने छन्, सकेसम्म खुईल्याउने छन्…

तर रवीन्द्र मिश्र असफल भएका छैनन्।

शिक्षा, स्वास्थ्य राज्यको दायित्व, कल्याणकारी लोकतन्त्र, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पेशागत संगठनहरुको खारेजी, संघीयताको पुनरावलोकन र भ्रष्टाचाररहीत ब्यवस्थाको अवधारणालाई ब्राण्डिङ गर्ने मिश्र कसरी असफल हुन्छ? राजनीतिमा जित्नु मात्र सबथोक होईन। हारेर पनि केही सिक्न सक्नु नै असल राजनीति हो। अब राजनीतिक पार्टीहरु यिनै एजेण्डामा केन्द्रित भएनन् भने पतनोन्मुख हुनेछन्।

ख़राब राजनीति बदल्ने असल राजनीतिले नै हो, राजनीतिक पार्टीबिनाको परिवर्तन तदर्थ मात्र हुन्छ, त्यसमा मानेमा रवि लामिछाने धन्यवादका पात्र छन्।बिचार मिल्नेहरुको ब्यापक ध्रुवीकरण गर्दै विशाल वैकल्पिक पार्टी बनाउन उनले पहल गर्ने छन्। त्यो फ्रेममा देशलाई माया गर्नेहरु अटाउने छन्। केही रवीन्द्र मिश्र त केही मिलन पाण्डेहरुबाट सिक्नेछन् । ओली,देउवा, प्रचण्ड र उपेन्द्र, राजेन्द्रहरुबाट पनि सिक्ने नै छन्। केही आफ्नै कमजोरीबाट सिक्नुपर्छ उनले।

नेपालमा टेस्टेड, एक्सपायर्ड र जनतालाई बारम्बार भेँडा बनाउने परम्परागत पार्टीहरुलाई बिस्थापन नगरेसम्म समृद्धि हासिल गर्न असम्भव छ।

अबको संसदमा धेरै चाहिन्न, कम्तीमा दश जना सांसद चुनेर भ्रष्टहरुको दशा लाग्ने वातावरणका लागि रवि लामिछानेलाई हार्दिक शुभेच्छा ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img