न्यायाधीश अधिवक्ता बीच भएको घुस डिल प्रकरण: अडिओ छानबिन गर्न समिति गठन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मंगलबार एक संचार माध्यममा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबिच ठगी मुद्दाका आरोपी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुसको मोलमोलाइ भएको अडिओ सार्वजनिक भए पश्चात उक्त अडियो माथि छानबिन गर्न न्यायपरिषदले एक छानबिन समिति गठन गरेको छ।

जिल्ला न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच दुई करोड घुस लिएर इच्छाराज तामाङलाई धरौटीमा छाड्ने गरी भएको घुस मोलमोलाइको अडियो सम्बाद मंगलबार साँझ प्रसारण भएको थियो।

न्युज २४ टेलिभिजनले घुस मोलमोलाइको सो अडिओलाई मंगलबार प्रशारण गरेपछि न्याय परिषद्को आकस्मिक बैठक बसेको थियो । न्यायपरिषदको बैठकले न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाउँदै ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनेको छ।

आज बसेको न्यायपरिषद बैठकले न्यायाधीश कोइरालालाई काम गर्न रोक लगाएको प्रवक्ता मानबहादुर कार्कीले संचार माध्यमलाई जानकारी दिए। 

यस्तो थियो घुस मोलमोलाइको अडियो सम्बाद:

करिव १० मिनेट लामो अडिओ सम्बादमा अधिवक्ता रुद्र पोखरेलले न्यायाधीश राजकुमार कोइरालालाई यस्तो अवसर फेरि-फेरि नआउने भन्दै धरौटीमा तामाङलाई छोड्ने आदेश दिन भनेका छन्। त्यसका लागि आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशलाई पनि भन्ने आश्वासन दिएका छन् ।

सम्वादको सुरूमा न्यायाधीश कोइराला आफ्नो जागिर जान्छ कि भनेर डराउछन तर उच्च अदालतमा पनि उनकै आदेश सदर गराउने अधिवक्ता पोखरेलले भने पछि सहमत भएको अडिओ सम्वादबाट प्रष्ट हुन्छ।

ठगी मुद्दाका आरोपी इच्छाराज तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

घुस मोलमोलाइ भए पछि काठमाडौं जिल्ला अदालतका एक नम्बरका न्यायाधीश राजुकुमार खतिवडाले तामाङलाई धरौटीमा छाड्ने कुरामा असहमति जनाएपछि अन्तिममा न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा नछाडेर थुनामा पठाउने आदेश दिएको हुन् सक्ने समाचार सुत्रले जानकारी गराएको छ ।

न्यायाधीश कोइरालाले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै निष्पक्ष छानबिनका लागि न्यायपरिषद्लाई आग्रह गरेका छन् । सामाजिक संजालमा पोस्ट गर्दै कोइरालाले लेखेका छन् -“म बारे आज आएको समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ । म बाट कुनै अनुचित कार्य भएको छैन । बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु । म माथि न्याय परिषदबाट छानबीन होस् तथा सहयोग गर्ने पुर्ण प्रतिबद्धता वयक्त गर्दछु ।”

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img