Monday, October 12, 2026
63.6 F
Washington DC.

परिचयपत्र नहुनेलाई घर भाडामा नदिन गृहको आग्रह

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल सरकारले परिचय पत्र नभएका र घर भाडामा बस्न खोज्ने व्यक्तिहरूलाई आफ्नो घर भाडामा नदिन एक विज्ञप्ति मार्फत आग्रह गरेको छ।

विदेशी नागरिकहरू परिचयपत्र लुकाएर अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भैरहेको भन्दै गृह मन्त्रालयले परिचयपत्र नभएका व्यक्तिहरूलाई आफ्नो घर भाडामा नदिन आग्रह गरेको हो ।

गृह मन्त्रालयले सोमवार, कार्तिक ८ गते  जारी गरेको विज्ञप्तिको सार यसप्रकार छ :

‘पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिहरूलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ।’

साथै, पहिचान नखुलेका विदेशी नागरिकहरू देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गर्न समेत  मन्त्रालयले विज्ञप्ति मार्फत अनुरोध गरेको छ।

गत सोमवार केन्द्रिय अनुसन्धान ब्यूरोले काठमाण्डौको सिनामंगलबाट अनाधिकृत रुपमा नेपाल प्रवेश गरेको आरोपमा ११ जना अफगानी नागारिकहरुलाई पक्राउ गरेको थियो। यसैको परिणामस्वरूप नेपाल सरकारले घर भाडाका लागि परिचयपत्र अनिवार्य गरेको व्यहोरा जानकारहरु बताउछन।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img