गुल्मीमा स्कर्पियो सडकबाट खस्दा छ जनाको मृत्यु, तीन जना घाइते

कालीगण्डकी करिडोरमा भएको दुर्घटनामा एक जना घाइतेको अवस्था गम्भीर

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

गुल्मी — गुल्मीको कालीगण्डकी गाउँपालिका–२ डबौखानीमा सोमबार दिउँसो स्कर्पियो सडकबाट करिब २५० मिटर तल खस्दा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका प्रहरीले जनाएको छ।

कालीगण्डकी करिडोरमा दिउँसो करिब ४ बजे दुर्घटना भएको हो। स्याङ्जाको चिर्खोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको Ba 0220 नम्बरको स्कर्पियोमा चालकसहित नौ जना सवार थिए।

प्रहरीका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने निता बागालेको स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय चालक दिलिपकुमार बागाले, वालिङ–१० का शिव पराजुली तथा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिर्खोटका लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन्।

घाइते छविलाल पाण्डेको अवस्था गम्भीर रहेको र गोमाता पाण्डे तथा बालकृष्ण सुवेदीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।

दुर्घटनापछि पुर्तीघाट प्रहरी चौकी, रिडी क्षेत्र प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीका टोली स्थानीयसँगै उद्धारमा खटिएका थिए। दुर्घटनाको कारण खुलिनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

चक्रवात अर्नाबको असर बिहीबार रातिदेखि, उच्च सतर्कता अपनाउन आग्रह

बङ्गालको खाडीको चक्रवात अर्नाबको असर बिहीबार रातिदेखि नेपालमा पर्ने भन्दै राष्ट्रिय विपद् प्राधिकरणले अक्टोबर २९ देखि ३१ सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनीमा विशेष असर पर्ने अनुमान छ।

अन्य समाचार

एनपीएल उद्घाटन खेलमा लुम्बिनी लायन्सको सानदार जित, सुदूरपश्चिम ८७ रनमै अलआउट

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको छ। ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो।

राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा नरोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा नम्बर नभएकै कारण बैंकिङ सेवा रोक्न नमिल्ने ठहर गरेको छ। नागरिकता तथा अन्य मान्य कागजातबाट सेवा दिन र वैयक्तिक तथा जैविक विवरणको सुरक्षाका लागि छुट्टै डेटा संरक्षण ऐन बनाउने प्रक्रिया अघि बढाउन आदेश दिएको छ।
- Advertisement -spot_img