कीर्तिपुर — नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई आठ रनले पराजित गरेको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले पहिले ब्याटिङ गर्दै २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। डेविड मलानले ५० बलमा पाँच चौका र पाँच छक्कासहित ७० रन बनाए। रवि बोपारा ३१ रनमा र डान मुस्ली २९ रनमा अविजित रहे।
१५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै अलआउट भयो। इमरान शेखले ३९ रन, आन्द्रे रसेलले १७ बलमा ३३ रन र लोकेश बमले २६ रन बनाए पनि जितका लागि पर्याप्त भएन।
चितवनका कमलसिंह ऐरीले चार ओभरमा २६ रन दिएर चार विकेट लिए। उनी खेलका उत्कृष्ट खेलाडी घोषित भए। रिजन ढकालले दुई विकेट लिए।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



