दशैँ अवधिमा सडक दुर्घटनामा १२४ जनाको मृत्यु, २,९८८ जना घाइते

कोशी प्रदेशमा दुर्घटना गत वर्षभन्दा बढे, मृत्यु भने घट्यो

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ — यस वर्षको दशैँ अवधिमा देशभर भएका सडक दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने २,९८८ जना घाइते भएका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्मको अवधिमा १,३३९ वटा सडक दुर्घटना भएका छन्। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेलाई उद्धृत गर्दै यो तथ्याङ्क सार्वजनिक गरिएको हो।

कोशी प्रदेशमा यस दशैँमा ४१३ वटा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ। गत वर्ष सोही प्रदेशमा २९१ वटा दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो।

प्रदेशमा सबैभन्दा बढी मोरङ जिल्लामा १७० वटा दुर्घटना भएका छन्। सुनसरीमा ८७ वटा दुर्घटनामा १० जनाको मृत्यु र १५६ जना घाइते भएका छन्।

सो अवधिमा कोशी प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने २,४५७ सवारीसाधनलाई कारबाही गरिएको र २५ लाख २९ हजार रुपैयाँ जरिवाना उठाइएको प्रहरीले जनाएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत

अनुकूलन कोषले नेपालका तीन जलवायु परियोजना स्वीकृत गरेको छ — ग्रिन कोशी, ३ करोड डलरको हिमाली बाढी–पहिरो पूर्वचेतावनी र लुम्बिनीमा स्थानीय नेतृत्वको अनुकूलन कार्यक्रम।

अन्य समाचार

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कथित ठगी, चार पक्राउ

मलेसिया जाने श्रमिकबाट तोकिएकोभन्दा बढी स्वास्थ्य परीक्षण शुल्क लिएको उजुरीपछि सीआईबीले चार जनालाई पक्राउ गरेको छ।

हिमपात जोखिमपछि उच्च क्षेत्रमा तीन दिन पदयात्रा अनुमति स्थगित

भारी हिमपात, हिमआँधी र हिमपहिरोको पूर्वानुमानपछि उच्च जोखिमका क्षेत्रमा तीन दिन पदयात्रा अनुमति स्थगित गरिएको छ।
- Advertisement -spot_img