शक्तिशाली चक्रवात अर्नब कमजोर, नेपालमा तीव्र हावाहुरीको सम्भावना छैन

हल्कादेखि मध्यम वर्षा र हिमपात भने बिहीबारदेखि शनिबारसम्म हुन सक्ने

[vt_bs_date]
प्रकाशन मितिः १२ कार्तिक २०८३

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ — बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात अर्नब कमजोर भएर बलियो न्यून चापीय क्षेत्रमा परिणत भएकाले नेपालमा तीव्र हावाहुरीको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार अर्नबको प्रभावले हल्कादेखि मध्यम वर्षा भने हुन सक्छ, तर चक्रवात शक्तिशाली हुँदा आशङ्का गरिएजस्तो डरलाग्दो हावाहुरी आउने सम्भावना छैन। अन्य क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा केही बढी वर्षा हुन सक्ने उनले बताइन्।

चक्रवातको प्रभाव मुख्यतः बिहीबारदेखि शनिबारसम्म रहने महाशाखाले जनाएको छ। बिहीबार साँझदेखि हिमपात सुरु हुन सक्ने भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा विशेष सतर्कता अपनाउन पोखरेलले आग्रह गरिन्। जोखिमयुक्त, पहिरो जान सक्ने र कच्ची सडक भएका क्षेत्रमा विचार गरेर मात्र यात्रा गर्न उनले सुझाव दिइन्, तर राम्रा राजमार्गमा डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा बाँकी पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्छ। मधेश, कोशी र बागमतीका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना छ।

पश्चिमी वायुको आंशिक प्रभावसँगै अर्नबको प्रणाली आजदेखि नेपालमा प्रवेश गर्न थालेको महाशाखाको विश्लेषण छ। यसअघि विभागले बिहीबार रातिदेखि शनिबारसम्म भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

झापामा बिङ्गो र हौजीको पूर्वअनुमति खारेज, सञ्चालनमा पूर्ण प्रतिबन्ध

झापा प्रशासनले बिङ्गो र हौजीजस्ता खेलका पूर्वअनुमति रद्द गरेको सूचना सार्वजनिक गरेको छ। भौतिक तथा अनलाइन सञ्चालन, स्थान उपलब्ध गराउने र प्रचार गर्ने काममा रोक छ।

अन्य समाचार

चाडपर्व खर्च नपाएको भन्दै छ सयभन्दा बढी श्रमिकको उजुरी

दसैँअघि इमेल र पोर्टलबाट आएका चाडपर्व खर्चसम्बन्धी उजुरीको विवरण सार्वजनिक भएको छ। विभागले रोजगारदातासँग सम्पर्क र निर्देशनको प्रक्रिया अघि बढाएको जनाएको छ।

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि शुल्क, आवतजावतका दर फरक

नागढुङ्गा सुरुङमार्गमा शुल्क सङ्कलन सुरु गर्ने मिति सार्वजनिक भएको छ। राजपत्रमा सवारीको वर्ग र काठमाडौँ भित्रिने वा बाहिरिने दिशाअनुसार चारथरी दर छन्।
- Advertisement -spot_img