वैदेशिक रोजगार विभागले बिदापछि काममा फर्कने श्रमिकलाई हवाई टिकट किन्नुअघि श्रम स्वीकृति लिन अनुरोध गरेको छ। टिकट लिइसकेकालाई भने उडानभन्दा तीन दिनअघि नै आवश्यक कागजातसहित अनलाइन आवेदन दिन भनिएको छ।
विभागको सूचनाअनुसार टिकट लिएर पनि स्वीकृति नपाउँदा उडान छुट्ने अवस्था आउन नदिन यस्तो आग्रह गरिएको हो। यो सूचना वैदेशिक रोजगारीबाट बिदामा आएर पुनः विदेश जान लागेका व्यक्तिको श्रम स्वीकृतिसँग सम्बन्धित छ।
पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकालाई समस्या परी तत्काल समाधान आवश्यक भए विभागका शाखा अधिकृत सुरेश श्रेष्ठसँग सम्पर्क गर्न भनिएको छ। विभागले सूचनामा दिएको नम्बरमा ह्वाट्सएप सन्देश पठाउन पनि सकिने जनाएको छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



