गृह मन्त्रालयले एन-प्याब्सनलाई निलम्बन गर्‍यो

दफा ५ को निर्देशन नमानेकाले दफा ६ बमोजिम कारबाही, संस्थाका नाममा हुने क्रियाकलाप गैरकानूनी हुने चेतावनी

[vt_bs_date]
प्रकाशन मितिः १३ कार्तिक २०८३

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ — गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले कात्तिक १३ गते सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो।

सूचनाअनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयले दिएको निर्देशन संगठनले बारम्बार पालना गरेको देखिएन। संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका कार्यसमेत गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सम्बद्ध सरोकारवाला पक्षहरूसँग असोज २३ गते छलफल गरी ऐन तथा २०८२ मंसिर १२ गते जारी निर्देशनबमोजिमका कार्य गर्न आग्रह गरेको थियो। तर त्यसबमोजिम गरिएको नदेखिएपछि ऐनको दफा ६ को उपदफा (२) बमोजिम निलम्बन गरिएको सूचनामा उल्लेख छ।

सूचना जारी भएपछि संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने क्रियाकलाप गैरकानूनी हुने र प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरासमेत मन्त्रालयले जानकारी गराएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

श्रम स्वीकृतिपछि मात्रै हवाई टिकट लिन वैदेशिक रोजगार विभागको आग्रह

बिदापछि विदेश फर्कने श्रमिकलाई स्वीकृतिपछि मात्रै टिकट लिन विभागले आग्रह गरेको छ। टिकट लिइसकेकालाई उडानभन्दा तीन दिनअघि कागजातसहित अनलाइन आवेदन दिन भनिएको छ।

अन्य समाचार

अद्यावधिक: पाँच नदी जलाधारमा आकस्मिक बाढीको जोखिम, तटीय यात्रामा सतर्कता आग्रह

कात्तिक १३ को सरकारी बुलेटिनले पाँच नदीका पहाडी तथा चुरे जलाधारमा आकस्मिक बाढीको जोखिम औँल्याएको छ। नदीकिनारको यात्रा नगर्न र स्थानीय निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

नेपालको सार्वजनिक ऋण पहिलो पटक ३० खर्ब रुपैयाँ नाघ्यो

नेपालको सार्वजनिक ऋण पहिलो पटक ३० खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पहिलो त्रैमासको अन्त्यमा कुल ऋण ३० खर्ब नौ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४५.५९ प्रतिशत हो ।
- Advertisement -spot_img