सुनसरी — सुनसरीको दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले एम्बुलेन्समा राखिएको ५७४ किलो ८७० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ, कान्तिपुरले जनाएको छ।
कोशी राजमार्गमा इटहरीबाट विराटनगरतर्फ एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा सोमबार बिहान उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबी सुनसरीबाट खटिएको प्रहरी टोलीले ना ४ च ६०६३ नम्बरको एम्बुलेन्स जाँच तथा खानतलासी गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
एम्बुलेन्सका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


