झापामा बिहान हिँड्न निस्किएका दुई जनाको हात्तीको आक्रमणबाट मृत्यु

बाह्रदशी–२ को जनता चोकमा बिहान साढे ५ बजेतिर दुईवटा हात्तीले आक्रमण गरेका थिए।

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

झापा — झापाको बाह्रदशी गाउँपालिका–२ मा सोमबार बिहान हिँड्न निस्किएका दुई जनाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापालाई उद्धृत गर्दै कान्तिपुरले जनाएअनुसार मृत्यु हुनेमा स्थानीय ७३ वर्षीय झक्कु राजवंशी र ७० वर्षीया लजुना खातुन छन्। बिहान करिब साढे ५ बजे बिरिङ खोलानजिकै जनता चोकमा हिँडिरहेका उनीहरूलाई दुईवटा हात्तीले आक्रमण गरेका थिए।

गम्भीर घाइते खातुनको बिर्तामोडस्थित बीएन्डसी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ।

राजवंशीलाई सुरुमा बिर्तामोडको एउटा अस्पताल लगिएको थियो। त्यहाँबाट बीएन्डसी अस्पताल सारेर सघन उपचार कक्षमा उपचार गराइएका उनलाई चिकित्सकले बिहान १० बजेर ४० मिनेटमा मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाललाई उद्धृत गर्दै द राइजिङ नेपालले प्रकाशित गरेको प्रारम्भिक समाचारमा खातुनको मृत्यु भएको र राजवंशीको उपचार भइरहेको उल्लेख थियो। त्यसपछि उपचारकै क्रममा राजवंशीको पनि मृत्यु भएको हो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मुस्ताङमा पर्यटक आगमन ४१.५२ प्रतिशत घट्यो, मुख्य मौसममै चहलपहल कम

मुस्ताङ — पर्यटकको चहलपहल बढ्ने शरद् ऋतुमै मुस्ताङ सुनसान बनेको छ। चालु आर्थिक...

अन्य समाचार

- Advertisement -spot_img