Monday, October 12, 2026
59.8 F
Washington DC.

कृष्ण सापकोटालाई रासस पत्रकारिता पुरस्कार

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यस वर्षको रासस पत्रकारिता पुरस्कार अङ्ग्रेजी सम्पादन शाखाका वरिष्ठ सम्पादक कृष्णप्रसाद सापकोटा र रासस धनगढी कार्यालय प्रमुख सिद्धराज भट्टलाई प्रदान गर्ने भएको छ ।

डेढ दशकभन्दा बढी समयदेखि अङ्ग्रेजी सम्पादनमा रही राससको उन्नयनमा उल्लेखनीय योगदान गरेवापत वरिष्ठ सम्पादक सापकोटालाई तथा मोफसलमा रही करिब तीन दशकदेखि समाचारका माध्यमद्वारा राससको उन्नयनमा समर्पित भएवापत प्रमुख भट्टलाई शाखाले उक्त पुरस्कार संयुक्तरूपमा प्रदान गर्ने निर्णय भएको हो । उक्त पुरस्कारको राशि जनही रु १० हजार र सम्मानपत्र रहेको छ ।

शाखाले अघिल्लो वर्ष अर्थात विसं २०७८ मा उक्त पुरस्कार अन्तर्राष्ट्रिय शाखाका प्रमुख एवं प्रमुख कार्यकारी सम्पादक शरच्चन्द्र भण्डारी र रासस हेटौँडा कार्यालयका प्रमुख एवं वरिष्ठ समाचारदाता सुरेशकुमार झालाई प्रदान गर्ने घोषणा गरेको थियो ।

कोभिड–१९ का कारण त्यस वर्ष राष्ट्रिय समाचार समिति (रासस) को वार्षिकोत्सव कार्यक्रम नभएकाले उक्त पुरस्कार यही फागुन ७ गते आयोजना हुने राससको वार्षिकोत्सव समारोहमा प्रदान गरिनेछ ।

शाखाले यस वर्षको उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पुरस्कार धनुषाका स्थानीय समाचारदाता अजयकुमार साहलाई प्रदान गर्ने निर्णय गरेको छ । रु पाँच हजार राशिको उक्त पुरस्कार अघिल्लो वर्ष मनाङका स्थानीय समाचारदाता नवीन लामिछानेलाई दिने निर्णय भएको थियो ।

राससको वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष गरिँदैआएको पूर्वकर्मचारी सम्मान यस वर्ष राससका पूर्वकार्यकारी सम्पादक कृष्णप्रसाद सिग्द्याल र पूर्वसम्पादक कृष्णकुमार बुढाथोकीलाई प्रदान गरिने भएको छ । शाखाका अध्यक्ष पवित्रा गुरागाईंको अध्यक्षतामा बसेको पुरस्कार छनौट समितिले उक्त निर्णय गरेको हो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img