दसैंका लागि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे उपत्यका

प्रमुख नाकामा सवारी चाप बढेको प्रहरीको भनाइ, लामो यात्रामा गाडी र चालकको अवस्था हेर्न आग्रह

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ — दसैं मनाउन घटस्थापनादेखि मंगलबारसम्म ५ लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ। यो अवधिमा बाहिरिएका सवारीसाधनको संख्या ७९ हजार ६७६ छ।

द काठमाडौँ पोस्टसँग उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले नागढुंगा, फर्पिङ, थानकोट, भीमढुंगा, तीनपिप्ले र साँखुमा चाप बढेको बताएका छन्। आवागमन सहज बनाउन र दुर्घटना घटाउन चौबीसै घण्टा प्रहरी खटाइएको उनको भनाइ छ।

प्रहरीको मंगलबारसम्मको गणनामा बाहिरिने पुरुष ३ लाख ४८ हजार ८२३ र महिला २ लाख २७ हजार ७५५ छन्।

काफ्लेले लामो यात्रामा निस्कनुअघि गाडीको अवस्था र चालक सवारी चलाउन सक्षम छन् कि छैनन् भन्नेमा ध्यान दिन यात्रुलाई आग्रह गरेका छन्। चालकलाई भने अत्यधिक समय लगातार गाडी नचलाउन सुझाएका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

नुनदेखि सुनसम्म भेटिने पर्यटकीय गन्तव्य क्षेत्रको धार्मिक यात्रा

नेपाल पर्यटकीय सम्पदा र सम्भाव्यताको खानी भएको मुलुक हो । सात प्रदेशहरु मध्ये मध्यभागमा अवस्थित गण्डकी प्रदेश प्रकृति र...

अन्य समाचार

- Advertisement -spot_img