मुस्ताङमा पर्यटक आगमन ४१.५२ प्रतिशतले घट्यो

तीन महिनामा ६९ हजार ४०३ पर्यटक मात्र; बेनी–जोमसोम सडक दुई साताभन्दा बढी अवरुद्ध हुँदा मुख्य सिजन प्रभावित

सम्बन्धित समाचार

मुस्ताङ — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुस्ताङमा पर्यटक आगमन गत वर्षको सोही अवधिको तुलनामा ४१.५२ प्रतिशतले घटेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा ६९ हजार ४०३ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुगेका छन्। गत वर्ष सोही अवधिमा यो संख्या १ लाख १८ हजार ६८५ थियो, काठमाडौं पोस्टले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतका अनुसार साउन–भदौमा ३० हजार ५३४, भदौ–असोजमा २० हजार २६८ र असोज–कात्तिकमा १८ हजार ६०१ पर्यटक आएका छन्। गत वर्ष असोज–कात्तिकको मुख्य सिजनमा मात्र ७५ हजार ५९९ पर्यटक आएका थिए। यसपालि त्यही अवधिको ठूलो गिरावटले समग्र संख्या घटाएको हो।

पर्यटक घट्नुको मुख्य कारण बाढीपहिरो र लामो समयको सडक अवरोध हो। अगस्ट २६ को भोटेकोशी बाढी र सेप्टेम्बर २७ को भारी वर्षाले यातायात संरचना बिगार्दा बेनी–जोमसोम सडक दुई साताभन्दा बढी पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यस अवधिमा सीमित पर्यटक मात्र पोखरा–जोमसोम हवाई मार्गबाट मुस्ताङ पुग्न सके।

सडक मर्मतपछि खुले पनि यात्रा अझै सामान्य भइनसकेको महतको भनाइ छ। सेप्टेम्बरदेखि नोभेम्बरसम्म मुस्ताङको मुख्य पर्यटकीय सिजन हो। मुक्तिनाथ होटल संघका अध्यक्ष सुरज गुरुङका अनुसार प्राकृतिक विपत्ति र यातायातको कठिनाइका कारण पर्यटक संख्या अझै उक्सिन सकेको छैन र यसपालि मुस्ताङ असामान्य रूपमा सुनसान छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

गोरखाका बाढीपीडित गाउँमा खाना पकाउनै मुस्किल

बूढीगण्डकीको बाढीले गोरखाको छुमनुब्रीमा ३० भन्दा बढी परिवारको घर बगाएको छ। सडक अवरुद्ध हुँदा हेलिकोप्टरबाट पुगेको राहत पर्याप्त छैन।

अन्य समाचार

- Advertisement -spot_img