देशभर भारी वर्षा र हिमपात, उडान तथा सडक यातायात प्रभावित

विभागको विशेष बुलेटिन: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, बाढीपहिरोप्रति सतर्क रहन आग्रह

[vt_bs_date]
प्रकाशन मितिः १३ कार्तिक २०८३

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ — बिहीबार रातिदेखि देशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले बाढी, पहिरो र डुबानको जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकासहित ६६ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार सतर्कता अपनाइएका जिल्लामा अत्यावश्यकबाहेकका सवारीसाधन बेलुका ७ बजेदेखि रोक लगाइएको छ ।

विभागका महानिर्देशक कमलराम जोशीका अनुसार वर्षा शनिबारसम्म जारी रहने र आइतबारदेखि क्रमशः सुधार हुँदै जाने छ ।

वर्षाका कारण आन्तरिक हवाई उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतलगायत गन्तव्यका उडान प्रभावित भएका छन् ।

सडकतर्फ पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको छ भने दाउन्ने क्षेत्र र बीपी राजमार्गको काभ्रे खण्डमा पहिरो खस्दा यातायात प्रभावित भएको छ । मुग्लिन–नारायणगढ खण्डमा पहिरोको जोखिम देखिएपछि आवश्यक सतर्कता अपनाइएको जनाइएको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

सरकारले कोप–३१ मा सत्तापक्ष र प्रतिपक्ष दुवैका प्रतिनिधि सहभागी गराउने तयारी गरेको छ। साझा राष्ट्रिय धारणासहित सम्मेलनमा जाने विषयमा प्रधानमन्त्री कार्यालयमा प्रमुख सचेतकहरूसँग छलफल भएको छ।

अन्य समाचार

पृथ्वी राजमार्गसहित देशभरका १२ भन्दा बढी सडक खण्ड अवरुद्ध

वर्षा र पहिरोका कारण पृथ्वी राजमार्गसहित देशभरका १२ भन्दा बढी प्रमुख सडक खण्ड अवरुद्ध भएका छन्। बीपी, कर्णाली र मध्यपहाडी लोकमार्गका खण्डहरू पनि ठप्प छन् भने कुलेकानी जलाशयको सतह क्षमताको नजिक पुगेको छ।

पत्रकार धरपकडमा प्रहरी र प्रधानमन्त्री कार्यालयको भनाइ बाझियो

समाचार कक्षबाट पत्रकार नियन्त्रणमा लिएको घटनामा प्रहरी र प्रधानमन्त्री कार्यालयको भनाइ बाझिएको छ। प्रहरीले प्रधानमन्त्री कार्यालयको चासोपछि साइबर ब्युरोले सञ्चारकर्मी बोलाएको जनाएको छ भने सचिवालयले संलग्नता अस्वीकार गरेको छ। पत्रकार महासङ्घले घटनाको भर्त्सना गरेको छ।
- Advertisement -spot_img