काठमाडौँ — सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन कोप–३१ मा सत्तापक्ष र प्रतिपक्ष दुवैका प्रतिनिधि सहभागी गराउने तयारी गरेको छ। साझा राष्ट्रिय धारणासहित सम्मेलनमा सहभागी हुने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको गोरखापत्रले जनाएको छ।
शुक्रबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा वन तथा वातावरणमन्त्री गीता चौधरी र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहसहित प्रमुख सचेतकहरू सहभागी थिए। छलफलमा सम्मेलनमा नेपालले उठाउने विषय र राष्ट्रिय तयारीबारे कुराकानी भएको थियो।
कोप–३१ टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म हुँदैछ। हिमाली मुलुक नेपालले जलवायु परिवर्तनका असर, जलवायु न्याय र अनुकूलनका लागि अन्तर्राष्ट्रिय सहयोगजस्ता विषयलाई प्राथमिकतामा राख्दै आएको छ। सबै दलको प्रतिनिधित्वसहितको सहभागिताले नेपालको धारणालाई साझा राष्ट्रिय आवाजका रूपमा प्रस्तुत गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



