काठमाडौँ — गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले कात्तिक १३ गते सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो।
सूचनाअनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयले दिएको निर्देशन संगठनले बारम्बार पालना गरेको देखिएन। संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका कार्यसमेत गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सम्बद्ध सरोकारवाला पक्षहरूसँग असोज २३ गते छलफल गरी ऐन तथा २०८२ मंसिर १२ गते जारी निर्देशनबमोजिमका कार्य गर्न आग्रह गरेको थियो। तर त्यसबमोजिम गरिएको नदेखिएपछि ऐनको दफा ६ को उपदफा (२) बमोजिम निलम्बन गरिएको सूचनामा उल्लेख छ।
सूचना जारी भएपछि संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने क्रियाकलाप गैरकानूनी हुने र प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरासमेत मन्त्रालयले जानकारी गराएको छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



