पत्रकार धरपकडको छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको निर्देशन

सचिवालय बैठकले न्यायालय पुनःसंरचनाको निरुपण संसद्बाट खोज्ने निष्कर्ष पनि निकाल्यो

[vt_bs_date]
प्रकाशन मितिः १४ कार्तिक २०८३

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचारका विषयलाई लिएर पत्रकारमाथि भएको सोधपुछ तथा समाचार कक्षमा प्रहरी प्रवेश गरी भएका गतिविधिको छानबिन गरी दोषीलाई यथाशीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

पार्टी मुख्यालयमा शनिबार सम्पन्न सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगदीश खरेलले प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा संलग्नमाथि कुनै सम्झौता नगरी कारबाही गर्न बैठकले सरकारलाई निर्देशन दिएको राष्ट्रिय समाचार समितिले जनाएको छ।

“पत्रकार तथा सञ्चारकर्मीमाथि सोधपुछ वा पक्राउ गर्ने काम भयो, समाचार कक्षमा पुगे जे–जस्ता क्रियाकलाप भए, यो किन र कसरी भयो, कसले गर्‍यो, यो विषयमा छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन बैठकले सरकारलाई निर्देशन दिएको छ”

— प्रवक्ता जगदीश खरेल

बैठकले त्यस्ता गतिविधि गर्नेमाथि हुने कारबाहीमा कुनै सम्झौता र ढिलासुस्ती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ। “राष्ट्रिय स्वतन्त्र पार्टी मौलिक अधिकारका रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र मानव अधिकारको सम्मान गर्दछ”, बैठकपछि प्रवक्ता खरेलले भने, “प्रेस स्वतन्त्रताको सन्दर्भमा रास्वपा कहिल्यै कोहीसँग पनि सम्झौता गर्दैन।”

बैठकले प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता सुनिश्चित गर्न पनि सरकारलाई निर्देशन दिएको छ। समाचार लेखेकै आधारमा कुनै पनि सञ्चारमाध्यम, प्रकाशक, प्रसारक वा पत्रकारले आगामी दिनमा यस्तो स्थिति भोग्नु नहुनेमा पार्टी स्पष्ट रहेको खरेलले बताए।

शुक्रबार सादा पोशाकका प्रहरीले तीन सञ्चारगृहका पत्रकारलाई नियन्त्रणमा लिएर सोही साँझ छाडेको घटनामा प्रहरी र प्रधानमन्त्री कार्यालयको भनाइ बाझिएको थियो। प्रहरीले प्रधानमन्त्री कार्यालयको चासोपछि साइबर ब्युरोले सञ्चारकर्मी बोलाएको जनाएको थियो भने प्रधानमन्त्रीको सचिवालयले घटनामा आफ्नो संलग्नता र पूर्वजानकारी नरहेको बताएको थियो।


यसै बैठकले न्यायालयमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि संसद्मार्फत अघि बढ्ने निष्कर्ष निकालेको छ। न्यायालयको पुनःसंरचनाका लागि संसदीय दललाई निर्देशन दिइएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

“न्यायालयमा देखिएका व्यथिति र विसङ्गति तथा केही न्यायाधीशलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा जति सन्दर्भ आइरहेका छन्, यो विषयलाई अब निरुपण गर्नुपर्छ”, बैठकको निष्कर्ष सुनाउँदै उनले भने। न्यायालयको पुनःसंरचना गर्नुपर्ने आवश्यकता महसुस भएको अवस्थामा अब संसद्बाट यसको निरुपण खोज्नुपर्ने पार्टीको निष्कर्ष छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार

डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन्। जिल्ला प्रहरी कार्यालयले फरार हुनेको पहिचान सार्वजनिक गरेको छ भने प्रमुख जिल्ला अधिकारीका अनुसार उनीहरूले ४.६३ मिटर लामो सुरुङ खनेका थिए। खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

अन्य समाचार

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

सरकारले कोप–३१ मा सत्तापक्ष र प्रतिपक्ष दुवैका प्रतिनिधि सहभागी गराउने तयारी गरेको छ। साझा राष्ट्रिय धारणासहित सम्मेलनमा जाने विषयमा प्रधानमन्त्री कार्यालयमा प्रमुख सचेतकहरूसँग छलफल भएको छ।

डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार

डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन्। जिल्ला प्रहरी कार्यालयले फरार हुनेको पहिचान सार्वजनिक गरेको छ भने प्रमुख जिल्ला अधिकारीका अनुसार उनीहरूले ४.६३ मिटर लामो सुरुङ खनेका थिए। खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

सरकारले कोप–३१ मा सत्तापक्ष र प्रतिपक्ष दुवैका प्रतिनिधि सहभागी गराउने तयारी गरेको छ। साझा राष्ट्रिय धारणासहित सम्मेलनमा जाने विषयमा प्रधानमन्त्री कार्यालयमा प्रमुख सचेतकहरूसँग छलफल भएको छ।

पृथ्वी राजमार्गसहित देशभरका १२ भन्दा बढी सडक खण्ड अवरुद्ध

वर्षा र पहिरोका कारण पृथ्वी राजमार्गसहित देशभरका १२ भन्दा बढी प्रमुख सडक खण्ड अवरुद्ध भएका छन्। बीपी, कर्णाली र मध्यपहाडी लोकमार्गका खण्डहरू पनि ठप्प छन् भने कुलेकानी जलाशयको सतह क्षमताको नजिक पुगेको छ।
- Advertisement -spot_img