काङ्ग्रेसका १९ पदाधिकारी र २२७ केन्द्रीय सदस्यले लिए शपथ, चार जनालाई शपथ खुवाइएन

मुद्दा विचाराधीन रहेका चार सदस्यलाई मुद्दा किनारा नलागेसम्म शपथ नखुवाउने पार्टीको निर्णय

[vt_bs_date]
प्रकाशन मितिः १२ कार्तिक २०८३

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ — नेपाली काङ्ग्रेसका नवनिर्वाचित १९ पदाधिकारी र २२७ केन्द्रीय सदस्यले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति गगन थापाले उनीहरूलाई शपथ खुवाएका हुन्। शपथपछि निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गरिएको अनलाइनखबरले जनाएको छ। सभापति थापाले भने यसअघि नै असोज ३१ गते फूलपातीका दिन शपथ लिएका थिए।

अदालतमा मुद्दा विचाराधीन रहेका चार केन्द्रीय सदस्यलाई भने शपथ खुवाइएको छैन। सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादवले शपथ लिएनन्। पार्टीले मुद्दा किनारा नलागेसम्म उनीहरूलाई शपथ नखुवाउने निर्णय गरेको सेतोपाटीले जनाएको छ।

शपथ समारोहमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले देश पहिले, काङ्ग्रेस पछि भन्ने सिद्धान्तमा अघि बढ्न नेताहरूलाई आग्रह गरे।

पार्टीको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो र त्यसको अन्तिम मतपरिणाम असोज ३० गते सार्वजनिक भएको थियो। महाधिवेशनबाट थापा सभापति निर्वाचित भएका हुन्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

सापकोटाको सन्देशमा प्रधानन्यायाधीश र न्यायाधीशको नाम, प्रधानन्यायाधीशले गरे खण्डन

बिचौलिया भएको आरोपमा पक्राउ परेका इनाम सापकोटाको फोनको फरेन्सिक प्रतिवेदनमा प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुयालसम्मका नाम र सम्पर्कको विवरण आएको अनलाइनखबरले जनाएको छ। प्रधानन्यायाधीश शर्माले आफ्नो कुनै चिनजान र सम्पर्क नभएको भन्दै खण्डन गरेका छन्।

अन्य समाचार

एनपीएलमा कर्णालीको लगातार दोस्रो जित, विराटनगर ४ विकेटले पराजित

नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले विराटनगर किङ्सको १८७ रनको लक्ष्य १९.५ ओभरमा पूरा गर्दै ४ विकेटको जित निकालेको छ। कप्तान सोमपाल कामीले अविजित ६२ रन बनाउनुका साथै ४ विकेट लिए भने विराटनगरका लोकेश बमले ८७ रन बनाए।

भिजिट भिसामा घुसको उजुरीपछि अध्यागमन विभागमा अख्तियारको छापा, महानिर्देशकसँग सोधपुछ

भिजिट भिसा जारी गर्दा घुस लिइएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार अध्यागमन विभागको केन्द्रीय कार्यालयमा छापा मारेको छ। टोलीले महानिर्देशक रामचन्द्र तिवारीसँग सोधपुछ गरेको छ र कागजात नियन्त्रणमा लिएको छ।
- Advertisement -spot_img