रोल्पाको माडी–१ चालाङमा आइतबार बिहान अटो सडकबाट करिब ६०० मिटर तल खस्दा दुई महिलाको मृत्यु भएको छ। दुर्घटनामा परेका दुवै महिलाको पहिचान खुलेको छ र चालक प्रहरी नियन्त्रणमा छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले शनिबार पदको शपथ लिएका छन्। चार वर्षे कार्यकालमा कांग्रेसलाई सबैभन्दा धेरै नागरिकले विश्वास गर्ने राजनीतिक शक्ति बनाउने उनले वाचा गरेका छन्।
बुढीगण्डकी बाढीपछि १,१२० जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। चार पुरुष र दुई महिला अझै सम्पर्कविहीन छन्। बाढीबाट गोरखा र धादिङका घर, पुल र जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"