विराटनगरमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते

जुटमिल पछाडिको खाली जमिनमा गाडिएको पुरानो वस्तु चलाउँदा भएको विस्फोटमा ससुरा–बुहारी घाइते

[vt_bs_date]
प्रकाशन मितिः १५ कार्तिक २०८३

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा आइतबार शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन्, प्रहरीले जनाएको छ।

बिहान करिब ११:३० बजे जमिनमा गाडिएको अवस्थामा रहेको पुरानो सकेट बमजस्तो देखिने वस्तु चलाउँदा विस्फोट भएको मोरङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएको खबर सेवाले जनाएको छ।

घाइते हुनेहरूमा विराटनगर–१५ बस्ने ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली छन्। विस्फोटको छर्राले खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले दुवै जनालाई उद्धार गरी उपचारका लागि स्थानीय जितु मेडिकल पठाएको थियो। दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जमिनमा पहिलेदेखि गाडिएर रहेको पुरानो सकेट बमजस्तो वस्तु फोहोर सफा गर्ने क्रममा चलाउँदा पड्किएको प्रारम्भिक अनुमान गरिएको डिएसपी मिश्रले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

चार दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

इलाममा चार दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको इलाम अस्पतालले जनाएको छ। उनको रगतमा चिनीको मात्रा घटेको र पिसाब नलीको सङ्क्रमण बढेको चिकित्सकले बताएका छन्।

अन्य समाचार

प्रधानमन्त्री बालेनको गूढ चेतावनी: ‘सही समय आएपछि कसैले छुट पाउँदैन’

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार फेसबुकमा सही समय आएपछि कसैले छुट नपाउने चेतावनी दिएका छन्। न्यायाधीश सम्पर्क र पत्रकार धरपकडको आलोचनाबीच आएको यो टिप्पणीमा सल्लाहकार कुमार बेनले 'सही समय कहिले आउँछ' भनेर प्रश्न गरेका छन्।

एनपीएल : जनकपुरले पोखरालाई ९ रनले हरायो, तृतराज दासको अर्धशतक

एनपीएलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हराउँदै दोस्रो जित निकालेको छ। तृतराज दासले ६१ रन बनाए भने मोइन अलीले ३ विकेट लिए।
- Advertisement -spot_img