बडीमालिकामा हिमपातपछि बेपत्ता युवक मृत फेला

शुक्रबारदेखि सम्पर्कविहीन कञ्चनपुरका मनिष बोहरालाई खोजी टोलीले मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ

[vt_bs_date]
प्रकाशन मितिः १५ कार्तिक २०८३

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका दर्शनका क्रममा भारी हिमपातपछि सम्पर्कविहीन बनेका एक युवक मृत अवस्थामा फेला परेको रेडियो नेपालले जनाएको छ।

मृत्यु हुने युवक कञ्चनपुरको वेदकोट नगरपालिका, दैजी घर भएका २० वर्षीय मनिष बोहरा हुन्। उनी शुक्रबारदेखि बडीमालिका क्षेत्रबाट सम्पर्कविहीन भएका थिए।

मौसममा आएको तीव्र बदलीसँगै उच्च हिमाली क्षेत्रमा परेको बाक्लो हिमपात र अत्यधिक चिसोका कारण उनी बाटोमै फसेको अनुमान गरिएको छ। खोजी तथा उद्धारमा खटिएको टोलीले उनलाई मृत अवस्थामा फेला पारेको हो।

घटनाबारे थप अनुसन्धान तथा शव व्यवस्थापनको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। शनिबार सोही क्षेत्रमा अलपत्र परेका कञ्चनपुरका २१ वर्षीय सागर कार्कीलाई हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको थियो।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

कोप–३१ मा हिमाली तापक्रम वृद्धिको छुट्टै एजेन्डा राख्न नेपाल र भुटानको संयुक्त प्रस्ताव

नेपाल र भुटानले कोप–३१ मा हिमाली क्षेत्रको तापक्रम वृद्धिबारे छुट्टै एजेन्डा राख्न संयुक्त प्रस्ताव गरेका छन्। प्रस्तावमा वैज्ञानिक अध्ययन, वार्षिक उच्चस्तरीय संवाद र हिमाली कार्ययोजना बनाउने प्रक्रिया थाल्न माग गरिएको छ।

अन्य समाचार

५ अर्ब डलर पुँजीसहित अफ्रिका ऊर्जा बैंक औपचारिक रूपमा स्थापना

अफ्रेक्सिमबैंक र एपीपीओले ५ अर्ब डलर अधिकृत पुँजीसहित अफ्रिका ऊर्जा बैंक स्थापना गरेका छन्। बैंकले ऊर्जा मूल्य शृङ्खलाभर लगानी गर्नेछ।

पोल्क काउन्टीको गुप्त कारबाहीमा २८१ जना पक्राउ, १७ जना थिम पार्क कर्मचारी

पोल्क काउन्टी शेरिफ कार्यालयको सातदिने गुप्त कारबाहीमा डिज्नी र युनिभर्सलका कर्मचारीसहित २८१ जना पक्राउ परेका छन्। ११ जना मानव बेचबिखन पीडित पहिचान भए।

५ अर्ब डलर पुँजीसहित अफ्रिका ऊर्जा बैंक औपचारिक रूपमा स्थापना

अफ्रेक्सिमबैंक र एपीपीओले ५ अर्ब डलर अधिकृत पुँजीसहित अफ्रिका ऊर्जा बैंक स्थापना गरेका छन्। बैंकले ऊर्जा मूल्य शृङ्खलाभर लगानी गर्नेछ।

एट्लान्टामा जी२० विदेशमन्त्रीहरूको छलफलमा ऊर्जा र जलमार्ग जोखिम केन्द्रमा

एट्लान्टामा सम्पन्न जी२० विदेशमन्त्रीहरूको दुईदिने छलफलमा ऊर्जा सुरक्षा, आपूर्ति शृङ्खला र प्रमुख जलमार्गबाट सुरक्षित आवागमन केन्द्रमा रहे।
- Advertisement -spot_img