प्रधानमन्त्री बालेनको गूढ चेतावनी: ‘सही समय आएपछि कसैले छुट पाउँदैन’

न्यायाधीश सम्पर्क र पत्रकार धरपकडको आलोचनाबीच प्रधानमन्त्रीको फेसबुक टिप्पणी

[vt_bs_date]
प्रकाशन मितिः १५ कार्तिक २०८३

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सही समय आएपछि कसैले पनि जवाफदेहिताबाट उम्कन नपाउने चेतावनी दिएका छन्। उनले आइतबार फेसबुकमा कुनै खास घटना वा व्यक्तिको नाम नलिई यस्तो टिप्पणी गरेको अनलाइनखबरले जनाएको छ।

उनले लेखेका छन्, सही समय आएपछि सबैको नराम्रो समय आउँछ र एक–दुई जनाले छुट पाउँछन् भनेर कसैले सपना देख्नु हुँदैन।

न्यायाधीशहरूको बिचौलियासँगको सम्पर्कसम्बन्धी समाचार र सञ्चारगृहमा प्रहरी पुगेको घटनालाई लिएर सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्रीको यो टिप्पणी आएको हो।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले शाहको पोस्टमा टिप्पणी गर्दै ‘सही समय’ कहिले आउँछ भनेर प्रश्न गरेका छन्।

आइतबार दिउँसो बेनले छुट्टै पोस्टमा २८ जना पत्रकारलाई मेन्सन गर्दै सूचीमा नपरेकाहरूलाई पनि पत्रकार भन्न सकिन्छ कि भनेर प्रश्न गरेका थिए। नयाँ पत्रिकाले प्रधानमन्त्रीको सचिवालयले पत्रकार पक्राउका लागि २८ जनाको सूची प्रहरीलाई दिएको दाबी गरेपछि बेनको यो टिप्पणी आएको हो। प्रधानमन्त्रीको सचिवालयले भने पक्राउ प्रकरणमा आफ्नो संलग्नता र पूर्वजानकारी अस्वीकार गरिसकेको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

चार दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

इलाममा चार दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको इलाम अस्पतालले जनाएको छ। उनको रगतमा चिनीको मात्रा घटेको र पिसाब नलीको सङ्क्रमण बढेको चिकित्सकले बताएका छन्।

अन्य समाचार

एनपीएल : जनकपुरले पोखरालाई ९ रनले हरायो, तृतराज दासको अर्धशतक

एनपीएलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हराउँदै दोस्रो जित निकालेको छ। तृतराज दासले ६१ रन बनाए भने मोइन अलीले ३ विकेट लिए।

विराटनगरमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते

विराटनगर–१५ मा फोहोर सफा गर्ने क्रममा गाडिएको शंकास्पद वस्तु विस्फोट हुँदा ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका छन्। दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
- Advertisement -spot_img