आवश्यक परे मस्क र सहयोगीहरूलाई अग्रिम माफी दिने ट्रम्पको भनाइ

पोडकास्टमा ट्रम्प: आवश्यक परेमा सोच्दै नसोची माफी दिन्छु

[vt_bs_date]
प्रकाशन मितिः १६ कार्तिक २०८३

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूले कांग्रेसको नियन्त्रण लिएमा आफ्ना कर्मचारी र सहयोगीहरूलाई जोगाउन अग्रिम माफी प्रयोग गर्न तयार रहेको बताएका छन्। न्युयोर्क पोस्टको ‘पड फोर्स वन’ पोडकास्टमा सोमबार प्रसारित अन्तर्वार्तामा ट्रम्पले आवश्यक परेमा माफी दिने बताएको पिपुलले जनाएको छ।

पोडकास्ट सञ्चालक मिरान्डा डिभाइनले डेमोक्र्याटहरू एलन मस्कलाई पक्राउ गर्न, उनका कारखाना कब्जा गर्न र अन्तरिक्ष कम्पनी स्पेसएक्सलाई राष्ट्रियकरण गर्न चाहेको बताएपछि ट्रम्पले ती कुरा केवल कुराकानी मात्र हुन सक्ने तर त्यस्तै भए आफूहरूले उनीहरूलाई सुरक्षा दिनुपर्ने बताए। डिभाइनले सरकारी दक्षता विभाग (डोज) मा काम गरेर गत जुनमा राजीनामा दिएका प्रोग्रामर एडवर्ड कोरिस्टिनको नाम पनि लिएकी थिइन्। “मेरो बारेमा थाहा छैन, तर त्यस्तो भयो भने हामीले ती मानिसहरूलाई जोगाउनुपर्ने हुन्छ,” ट्रम्पले भने।

उनीहरूलाई अग्रिम माफी दिएर जोगाउन सकिन्छ भन्ने प्रश्नमा ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनतर्फ औंल्याउँदै बाइडेनले नै त्यही गरेको र सबैलाई माफी दिएको बताए। आफ्ना लागि काम गर्ने सबैलाई माफी दिने हो त भन्ने प्रश्नमा उनले आवश्यक परेमा सोच्दै नसोची माफी दिने जवाफ दिए।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन सन् २०२१ को जनवरी ६ क्यापिटल दङ्गाका करिब १ हजार ५०० प्रतिवादीलाई माफी दिएको स्मरण गर्दै आफूले उनीहरूका लागि पनि त्यही गरेको बताए। बाइडेनले आफ्नो कार्यकालको अन्त्यतिर पूर्व स्वास्थ्य सल्लाहकार डा. एन्थनी फाउची, पूर्व ज्वाइन्ट चिफ्स अध्यक्ष मार्क मिले, जनवरी ६ छानबिन समितिका सदस्य तथा कर्मचारी र आफ्नै परिवारका सदस्यहरूलाई अग्रिम माफी दिएका थिए।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

संसद् बैठक तत्काल आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूले संसद्को बैठक तत्काल आह्वान गर्न सभामुखसँग आग्रह गर्ने निर्णय गरेका छन्। बिचौलिया, न्यायपालिकाको कार्यप्रणाली र प्रेससँग सम्बन्धित संवेदनशील मुद्दा संसद्बाटै निरूपण गर्नुपर्ने उनीहरूको भनाइ छ।

अन्य समाचार

सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशविरुद्ध नौ उजुरी

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा नौ वटा उजुरी परेका छन्। उजुरी दर्ताको समय कात्तिक १९ गतेसम्म रहेकाले संख्या बढ्न सक्ने समितिका अध्यक्ष बोधनारायण श्रेष्ठले बताएका छन्।

एनपीएल: काठमाडौँको पहिलो जित, सुदूरपश्चिमले चितवनलाई हरायो

नेपाल प्रिमियर लिगमा सोमबार काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको छ। सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले हराएर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।