भारतका विदेश सचिव विक्रम मिस्री कात्तिक १८ गते नेपाल आउँदै

परराष्ट्र सचिवद्वयबीच द्विपक्षीय छलफल र उच्चस्तरीय शिष्टाचार भेटघाटको कार्यक्रम

[vt_bs_date]
प्रकाशन मितिः १६ कार्तिक २०८३

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ — भारतका विदेश सचिव विक्रम मिस्री यही कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार मिस्री परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा परराष्ट्र सचिव राईले विदेश सचिव मिस्रीसँग द्विपक्षीय छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गर्ने छन्।

भ्रमणबाट दुवै देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ। उनी कात्तिक १९ गते काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने छन्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

आवश्यक परे मस्क र सहयोगीहरूलाई अग्रिम माफी दिने ट्रम्पको भनाइ

राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा डेमोक्र्याटले कांग्रेसको नियन्त्रण लिएमा एलन मस्कसहित आफ्ना कर्मचारी र सहयोगीलाई जोगाउन अग्रिम माफी दिन तयार रहेको बताएका छन्।

अन्य समाचार

एनपीएल: काठमाडौँको पहिलो जित, सुदूरपश्चिमले चितवनलाई हरायो

नेपाल प्रिमियर लिगमा सोमबार काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको छ। सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले हराएर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशविरुद्ध नौ उजुरी

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा नौ वटा उजुरी परेका छन्। उजुरी दर्ताको समय कात्तिक १९ गतेसम्म रहेकाले संख्या बढ्न सक्ने समितिका अध्यक्ष बोधनारायण श्रेष्ठले बताएका छन्।
- Advertisement -spot_img