फेटा झडपको छानबिन सुरु, सुरक्षा कमान्ड सम्हालेका इन्स्पेक्टर जिम्मेवारीबाट हटाइए

गोली लागेर किशोर गम्भीर घाइते भएको घटनामा प्रदेश प्रहरीको टोलीले आइतबारदेखि अनुसन्धान थालेको छ

[vt_bs_date]
प्रकाशन मितिः १५ कार्तिक २०८३

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा शनिबार भएको झडप र गोली प्रहारको घटनाबारे छानबिन गर्न गठित समितिले आइतबारदेखि अनुसन्धान सुरु गरेको गोरखापत्रले जनाएको छ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा प्रहरी उपरीक्षक भुनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य छन्। समितिका संयोजक ढकालले छानबिन आइतबारदेखि थालिएको र सात दिनभित्र प्रतिवेदन बुझाइने बताएका छन्।

घटनास्थलको सुरक्षा कमान्ड सम्हालेका इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामा जिम्मेवारीबाट हटाइएका छन्। बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार लामालाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएको छ र उनको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई खटाइएको छ।

शनिबार सङ्घीय सरकारको अनुदानमा निर्माण गरिएको १५ शय्याको आधारभूत अस्पताल उद्घाटनका क्रममा अधुरो अस्पताल उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले विरोध गरेपछि झडप भएको थियो। ढकालका अनुसार विवादपछि प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेका थिए। प्रदर्शनकारीले १० वटा मोटरसाइकल जलाउनुका साथै अस्पतालको शिलालेख र कार्यक्रमस्थलको टेन्टमा तोडफोड गरेको उनले बताए।

झडपका क्रममा प्रहरीको गोली लागेर स्थानीय धर्मेन्द्र पासवानका करिब १५ वर्षीय छोरा आदित्य पासवान गम्भीर घाइते भएका छन्। उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। झडपमा पाँच जना प्रहरी पनि घाइते भएका छन्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

पोल्क काउन्टीको गुप्त कारबाहीमा २८१ जना पक्राउ, १७ जना थिम पार्क कर्मचारी

पोल्क काउन्टी शेरिफ कार्यालयको सातदिने गुप्त कारबाहीमा डिज्नी र युनिभर्सलका कर्मचारीसहित २८१ जना पक्राउ परेका छन्। ११ जना मानव बेचबिखन पीडित पहिचान भए।

अन्य समाचार

५ अर्ब डलर पुँजीसहित अफ्रिका ऊर्जा बैंक औपचारिक रूपमा स्थापना

अफ्रेक्सिमबैंक र एपीपीओले ५ अर्ब डलर अधिकृत पुँजीसहित अफ्रिका ऊर्जा बैंक स्थापना गरेका छन्। बैंकले ऊर्जा मूल्य शृङ्खलाभर लगानी गर्नेछ।

एट्लान्टामा जी२० विदेशमन्त्रीहरूको छलफलमा ऊर्जा र जलमार्ग जोखिम केन्द्रमा

एट्लान्टामा सम्पन्न जी२० विदेशमन्त्रीहरूको दुईदिने छलफलमा ऊर्जा सुरक्षा, आपूर्ति शृङ्खला र प्रमुख जलमार्गबाट सुरक्षित आवागमन केन्द्रमा रहे।
- Advertisement -spot_img