वर्षौंको लगानी अलमल र अदालती विवादपछि ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणतिर अघि बढ्ने भएको छ। लगानी बोर्डले निर्माण सहजीकरण गर्ने निर्णय गरेको छ।
दसैँको आपूर्ति सहज बनाउन तातोपानी नाका तीन दिनका लागि खुला गरिएको छ। मालवाहक सवारीलाई मात्र अनुमति दिइएको छ। नियमित व्यापार वा यात्रु आवागमन खुलाइएको होइन।
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्। फ्रेन्चाइजले सामाजिक सञ्जालमार्फत अनुबन्धको घोषणा गरेको हो।
नेपाली कांग्रेसका सभापति गगन थापाले शनिबार पदको शपथ लिएका छन्। चार वर्षे कार्यकालमा कांग्रेसलाई सबैभन्दा धेरै नागरिकले विश्वास गर्ने राजनीतिक शक्ति बनाउने उनले वाचा गरेका छन्।
बुढीगण्डकी बाढीपछि १,१२० जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। चार पुरुष र दुई महिला अझै सम्पर्कविहीन छन्। बाढीबाट गोरखा र धादिङका घर, पुल र जलविद्युत् आयोजनामा क्षति पुगेको छ।