रारा घुम्न गएको समूह जङ्गलमा अलपत्र, सेनाले १२ जनाको सकुशल उद्धार गर्‍यो

बाटो भुलेर करिब चार घण्टा अलपत्र परेको समूहलाई सल्लेरी हुँदै भण्डारीवाडा पुर्‍याइयो

[vt_bs_date]
प्रकाशन मितिः १७ कार्तिक २०८३

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सुर्खेत — मुगुस्थित रारा ताल घुम्न गएको एक समूह जङ्गलमा हराएपछि नेपाली सेनाले १२ जनाको सकुशल उद्धार गरेको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–८, चुच्चेमारा क्षेत्रको जङ्गलमा अलपत्र परेको समूहलाई सेनाले उद्धार गरेको रेडियो नेपालले जनाएको छ।

समूह अलपत्र परेको जानकारी पाउनासाथ नेपाली सेनाको हनुमानध्वज गुल्मबाट खटिएको टोलीले उद्धार गरेको जनाइएको छ। गुल्मका प्रमुख (मेजर) खड्कबहादुर श्रेष्ठका अनुसार राति १० बजेर २५ मिनेटमा चुच्चेमारा क्षेत्रको मध्य भागबाट ८ जना महिला र ४ जना पुरुषको सकुशल उद्धार गरिएको हो।

श्रेष्ठका अनुसार उक्त समूह मुगुदेखि पैदल जुम्ला जाने क्रममा बाटो भुलेर जङ्गलमा अलपत्र परेको थियो। उद्धारपछि उनीहरूलाई सुरक्षित रूपमा सल्लेरी ल्याइएको र त्यहाँबाट राति नै मुगु प्रहरीको सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिका–२, भण्डारीवाडा गाउँ पुर्‍याइएको उनले बताए।

करिब चार घण्टा जङ्गलमा अलपत्र परेका सबै १२ जना जुम्लाको चन्दननाथ–२, भण्डारीवाडाका बासिन्दा हुन्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

एनपीएलमा विराटनगरको २ रनको रोमाञ्चक जित, लुम्बिनीले पोखरालाई ८ विकेटले हरायो

एनपीएलमा मंगलबार विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले हरायो — आन्द्रे रसेलले अविजित ५२ रन बनाउनुका साथै ४ विकेट लिए। दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरालाई ९७ रनमा सीमित गरेर ८ विकेटको सजिलो जित निकाल्यो, कप्तान रोहित पौडेल ४७ रनमा अविजित रहे।

अन्य समाचार

दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस, एडीबीको २८५ मिलियन डलर ऋण स्वीकार्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्ले प्रेस काउन्सिल ऐन संशोधन र केही नेपाल ऐन संशोधनका दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। बैठकले एडीबीको २८५ मिलियन डलर सहुलियतपूर्ण ऋण र २० मिलियन डलर अनुदान स्वीकार्ने, कोप–३१ प्रतिनिधिमण्डललाई स्वीकृति दिने लगायतका निर्णय पनि गरेको छ।

नरेश भट्ट हत्या मुद्दा: खारेजी माग न्यायाधीशद्वारा अस्वीकृत

अभियोजन पक्षको साक्षी प्रस्तुति सकिएपछि प्रिन्स विलियम काउन्टीकी न्यायाधीश किम्बर्ली ए. इर्भिङले नरेश भट्टविरुद्धको हत्या मुद्दा खारेज गर्न प्रतिरक्षा पक्षले राखेको माग अस्वीकार गरेकी छन्। ममता काफ्ले भट्टका दाजु महेश काफ्ले सरकारी पक्षका अन्तिम साक्षी थिए। प्रतिरक्षा पक्षले बुधबारदेखि आफ्ना साक्षी प्रस्तुत गर्नेछ।
- Advertisement -spot_img