डोल्पामा हिमपातमा फसेका छ भारतीय पर्यटकको सकुशल उद्धार

आइतबारदेखि सम्पर्कविहीन पर्यटकलाई दुई चरणमा दुनै ल्याइयो, सबैको स्वास्थ्य सामान्य

[vt_bs_date]
प्रकाशन मितिः १६ कार्तिक २०८३

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

डोल्पा — माथिल्लो डोल्पामा भारी हिमपातमा फसेका छ जना भारतीय पर्यटकलाई सोमबार बिहान हेलिकप्टरबाट सकुशल उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार हेलिकप्टर बिहान साढे ६ बजे उडेको थियो र पहिले दुई महिलालाई दुनै पुर्‍याइएको थियो। त्यसपछि हेलिकप्टर फर्केर बाँकी चार पुरुषलाई पनि उद्धार गरिएको उनले बताइन्।

उद्धार गरिएका सबै छ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले बताए। उनीहरूलाई शे–फोक्सुण्डो गाउँपालिकाको दानिगढ क्षेत्रबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

पर्यटकहरू ढो तरापबाट शे–फोक्सुण्डो तालतर्फ जाँदै गर्दा हिमपातले बाटो अवरुद्ध भएपछि अलपत्र परेका थिए र आइतबारदेखि सम्पर्कविहीन थिए। जिल्ला प्रशासनलाई आइतबार नै जानकारी भए पनि खराब मौसम र हेलिकप्टरको व्यवस्थापनमा कठिनाइका कारण उद्धार ढिलो भएको अधिकारीहरूले बताएका छन्।

प्रशासनका अनुसार नेपाली सेनाको हेलिकप्टरमा प्राविधिक समस्या देखिएपछि आइतबारको प्रयास सफल हुन सकेको थिएन। सोमबार बिहान ६ बजेदेखि पुनः सुरु गरिएको उद्धार सफल भएको हो।

जिल्ला प्रशासन कार्यालयले पर्यटकहरू आवश्यक अनुमति नलिई माथिल्लो डोल्पा पुगेको र भारी हिमपातको पूर्वानुमान हुँदाहुँदै अधिकारी तथा स्थानीयको चेतावनी बेवास्ता गरेको जनाएको छ। अध्यागमन विभागले हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम देखाउँदै अक्टोबर २९ देखि ३१ सम्म प्रतिबन्धित उच्च पहाडी तथा हिमाली क्षेत्रका लागि पदयात्रा अनुमति स्थगित गरेको थियो।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

‘गाउँ गाउँमा सिंहदरबार’: जग्गा प्रशासन स्थानीय तहबाटै

सरकारले भूमि प्रशासनसम्बन्धी सेवा आगामी एक महिनाभित्र बाँकी सबै स्थानीय तहबाट समेत अनिवार्य रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। हाल ३३ वटा स्थानीय तहबाट यो सेवा सञ्चालन भइरहेको छ।

अन्य समाचार

पत्रकार पक्राउबारे संसदीय विशेष समिति बनाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पत्रकारहरूलाई समाचार कक्षबाट पक्राउ गरिएको घटनासहित सरकारका विवादित कदमहरूको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेता भीष्मराज आङदेम्बेले बताए।

वैशाखयता विपद्का घटनामा ४०२ जनाको मृत्यु, १७ बेपत्ता

गत वैशाखदेखि नोभेम्बर १ सम्म देशभर भएका ७ हजार ६८८ विपद्का घटनामा ४०२ जनाको मृत्यु भएको र १७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सर्पदंशबाट सबैभन्दा बढी ११६ जनाको मृत्यु भएको छ।
- Advertisement -spot_img