वैशाखयता विपद्का घटनामा ४०२ जनाको मृत्यु, १७ बेपत्ता

सर्पदंशबाट सबैभन्दा बढी मृत्यु, २ हजार ५२९ घाइते र ९ हजार ८५७ परिवार विस्थापित

[vt_bs_date]
प्रकाशन मितिः १६ कार्तिक २०८३

सम्बन्धित समाचार

भर्जिनिया टाइम्स
भर्जिनिया टाइम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ — गत वैशाखदेखि नोभेम्बर १ सम्म देशभर भएका ७ हजार ६८८ विपद्का घटनामा ४०२ जनाको मृत्यु भएको र १७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार घटनामा सबैभन्दा बढी पहिरोका १ हजार ७३५ घटना दर्ता भएका छन्। त्यसपछि सर्पदंशका १ हजार ६६८, आगलागीका १ हजार ६४१, भारी वर्षाका ५९३, आँधीका ५३७, बाढीका ४६६, वन्यजन्तु आक्रमणका ४१७ र चट्याङका ३३३ घटना रहेका छन्।

मृत्युको कारणमा सर्पदंश सबैभन्दा अगाडि छ, जसबाट ११६ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। पहिरोमा ७७, बाढीमा ४१, चट्याङमा ३६ र आगलागीमा ३२ जनाको मृत्यु भएको छ।

यी घटनामा २ हजार ५२९ जना घाइते भएका छन् भने ९ हजार ८५७ परिवार विस्थापित भएका छन्। गत अगस्ट २६ मा रसुवामा आएको भोटेकोशी बाढीको विस्तृत क्षति मूल्याङ्कन भने प्राधिकरणको सूचना प्रणालीमा अझै प्रविष्ट भइनसकेकाले यो तथ्याङ्कमा समावेश नभएको प्राधिकरणले जनाएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

सम्वन्धित समाचार

‘गाउँ गाउँमा सिंहदरबार’: जग्गा प्रशासन स्थानीय तहबाटै

सरकारले भूमि प्रशासनसम्बन्धी सेवा आगामी एक महिनाभित्र बाँकी सबै स्थानीय तहबाट समेत अनिवार्य रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। हाल ३३ वटा स्थानीय तहबाट यो सेवा सञ्चालन भइरहेको छ।

अन्य समाचार

पत्रकार पक्राउबारे संसदीय विशेष समिति बनाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पत्रकारहरूलाई समाचार कक्षबाट पक्राउ गरिएको घटनासहित सरकारका विवादित कदमहरूको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेता भीष्मराज आङदेम्बेले बताए।

डोल्पामा हिमपातमा फसेका छ भारतीय पर्यटकको सकुशल उद्धार

माथिल्लो डोल्पामा भारी हिमपातमा फसेका छ जना भारतीय पर्यटकलाई सोमबार बिहान हेलिकप्टरबाट सकुशल उद्धार गरी दुनै ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। दुई महिलालाई पहिले र चार पुरुषलाई त्यसपछि उद्धार गरिएको र सबैको स्वास्थ्य सामान्य रहेको प्रहरीले बताएको छ।
- Advertisement -spot_img